logo

सवारी साधन र पेट्रोलियम पदार्थको आयात घट्यो

    933   पटक पढिएको

८ असार/अर्थ र व्यापार – यसपाली सवारी साधन र पेट्रोलियम पदार्थसम्मको आयात घटेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को वितेका ११ महिना जेठमसान्त सम्ममा यस्ता वस्तु आयात ह्वात्तै घटेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २ खर्ब ८३ अर्ब रुपैयाँ अर्थात् १६.०१ प्रतिशत कम हो ।
अघिल्लो आवको यसै अवधिमा वस्तु आयात १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको भएको छ । चालु आवमा सवारी साधन आयातमा बाहिरिने रकम आधाले कम भएको छ । अघिल्लो वर्ष ११ महिनामा ९३ अर्ब ६४ करोड रुपैयाँ बराबरको सवारी साधन आयात भएकोमा यस वर्ष मात्र ४८ अर्ब ७ करोड रुपैयाँ सवारी साधनमा विदेशिएको छ ।
अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम गर्न सरकारले गत वर्षदेखि नै आयातमा कडाइ गरेको थियो । जसमा महंगा सवारीसाधन आयातमा प्रतिबन्ध लागेको थियो । जसको परिणामस्वरुप आयातमा संकुचन जारी छ ।
सरकारले मंसिर मसान्तसम्म कायम आयात प्रतिबन्ध १ पुस २०७९ बाट लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघ २०७९ बाट हटाइएको थियो । सरकारले आयात प्रतिबन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिबन्ध हटाएको थियो । यी प्रतिबन्धका कारण कमी आएको आयात माघपछि भने विस्तार हुन थालेको हो ।
यस वर्ष पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको यसै अवधिको तुलनामा २० अर्ब रुपैयाँले कम भएको छ । यस वर्ष ११ महिनामा पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब २० अर्ब ९९ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब ४० अर्ब १९ करोड रुपैयाँको थियो । यो वर्ष डिजेल, पेट्रोल र एलपी ग्यास समेतको आयात कम भएको छ । सुनको आयात समेत अघिल्लो आवको यसै अवधिको तुलनामा कम भएको भन्सार विभागले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।