logo

सरकारले चार देशसँग हवाई सेवा सम्झौताको प्रक्रिया अघि बढायो

    1013   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार – सरकारले एकसाथ चार देशसँग हवाई सेवा सम्झौता प्रक्रिया अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले स्विजरल्यान्डका लागि हवाई सेवा सम्झौता गर्न पराष्ट्र मन्त्रालयबाट राय आइसकेको र अब बाँकी तीन देशको राय कुरिरहेको बताए।
हवाई सेवा सम्झौताकालागि पर्यटन मन्त्रालयले स्विजरल्यान्ड, रुवान्डा, इन्डोनेसिया र कुवेतसँग हवाई सेवा सम्झौता गर्न आवश्यक तयारी गरी परराष्ट्र मन्त्रालयमा रायका लागि पत्र पठाएको जनाएको छ । तीमध्ये कुवेतसँग सम्झौता नवीकरण गर्ने र अन्य तीनसँग भने नयाँ सम्झौता प्रक्रिया अगाडि बढाएको सहसचिव लामिछानेले जानकारी दिए ।
उनले पराराष्ट्र मन्त्रालयले केही समयअघि स्विजरल्यान्डसँग हवाई सेवा सम्झौताका लागि आवश्यक राय सुझावसहित सहमतिपत्र पठाएको बताए । योसँगै अब स्विजरल्यान्डसँग सम्झौताको प्रक्रिया अगाडि बढ्ने भएको छ। दुई मुलुकसँगको सम्झौताका लागि मन्त्रिपरिषदको स्वीकृति चाहिन्छ । जसका लागि पर्यटन मन्त्रालयले पर्यटनमन्त्री सुदन किराँती मार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्नेछ।
पर्यटन मन्त्रालयका अनुसार हवाई सम्झौताका लागि केही समयभित्रै पर्यटनमन्त्री किराँतीले प्रस्ताव पठाउन लागिएको छ । मन्त्रीपरिषदले हवाई सम्झौताका लागि स्वीकृति दिएपछि स्विट्जरल्यान्डसँग सिधा उडानका लागि प्रक्रिया अगाडि बढ्ने छ।
हवाई सम्झौता भएपछि नेपाली एयरलाइन्सहरूले स्विट्जरल्यान्डमा सिधा उडान गर्न पाउने छन् भने त्यहाँका एयरलाइन्सहरूले पनि यहाँ उडान गर्न पाउने छन् । सहसचिव लामिछानेले स्विट्जरल्यान्डसँगको हवाई सम्झौतामा साताको कति उडान हुने र महिनामा कति गर्ने भन्ने विषयमा दुई देशबीचको सहमतिपछि मात्र टुंगोमा पुगिने बताए।
उनले सुरुमा सम्झौताका लागि सहमति लिनु नै ठूलो विषय भएकोले कति उडान गर्ने र कहिलेबाट गर्ने भन्ने विषयको टुंगो पछिमात्र लाग्ने ।

पर्यटन मन्त्रालयले हवाई सम्झौता गर्दै हवाई यात्राका लागि बाटो खुलाए पनि सिधा उडान गर्ने वा नगर्ने भन्ने निर्णय भने सम्बन्धित एयरलाइन्सहरूको रहनेछ। अहिले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। हवाई सम्झौता सफल भएमा स्विट्जरल्यान्डबाट स्विस एयरले नेपालमा उडान गर्ने इच्छा देखाएको पर्यटन मन्त्रालयका अधिकारीहरूले बताएका छन ।
सन १९९७ मा इजिप्टसँग हवाई सेवा सम्झौता गरेको नेपालले रुवान्डासँग हवाई सम्झौता भए अफ्रिकी मुलुकको दोस्रो हुने छ । इजिप्टसँग सम्झौता भए पनि उडान भएको छैन्। नेपालले ४० वटा मुलुकसँग हवाई सम्झौता गरिसकेको छ ।
पछिल्लो समय अस्ट्रेलियासँग हवाई सम्झौता गरेको नेपालले नेपाल वायुसेवा निगमको जहाज उडानका लागि स्लट पाइसकेको छ । हाल अष्ट्रेलियाको सिड्नी विमानस्थलमा बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।