logo

भन्सार विभागले चालु आवको ११ महिनामा लक्ष्यको ५८ प्रतिशत मात्र राजस्व उठायो

    868   पटक पढिएको

१ असार/अर्थ र व्यापार – भन्सार विभागले चालु आर्थिक वर्षको वितेका ११ महिना जेठ मसान्तसम्मको अवधीमा कुल लक्ष्यको जम्मा ५८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
विभागले जेठ मसान्तसम्म ६ खर्ब ९ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा अहिले ३ खर्ब ५६ अर्ब ७५ करोड मात्र संकलन गरेको हो ।
विभागले गत आर्थिक वर्षको ११ महिनामा ४ खर्ब ६६ अर्ब रुपैयाँ संकलन गरेको थियो । जेठ मसान्तसम्म संकलन भएको राजस्व हेर्दा चालुआर्थिक वर्षको अन्त्यसम्ममा विभागले ४ खर्ब पनि राजस्व संकलन गर्ने सम्भावना छैन । गत आर्थिक वर्षको १२ महिनामा विभागले ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले पनि हालको अवस्था हेर्दा चालु आर्थिक वर्षमा ३ खर्ब ९५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने सम्भावना नरहेको बताएका छन ।
विभागका सूचना अधिकारी खड्काले जानकारि गराए अनुसार राजस्व संकलन भयो भने पनि चालु आर्थिक वर्षमा गत वर्षको भन्दा १ खर्ब ११ अर्ब रुपैयाँ कम राजस्व संकलन हुने अवस्था छ ।

विभागले जेठ महिनामा मात्रै लक्ष्यको ६२ प्रतिशत राजस्व संकलन गरेको छ । जेठमा मात्रै ६० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ३७ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।
आगामी दिनमा सवारी साधानको जाँचपास बढ्ने सम्भावना भएकाले राजस्व संकलन बढ्न सक्ने भन्सार विभागका सूचना अधिकारी खड्का बताउँछन् । उनले अब बाँकी एकमहिनाको अवधीमा सक्दो भन्सार राजस्व उठाउने प्रयास हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।