logo

आइएमई २३ औं वर्षमा, प्रविधिको प्रयोग मार्फत रेमिटेन्स सेवालाई थप परिष्कृत बनाइने

    763   पटक पढिएको

३१ जेठ/अर्थ र व्यापार – आफ्नो स्थापनाको २३ औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मुल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरुका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो ।

कार्यक्रममा आइएमई ग्रुपका सह संस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यवसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राहीहरु, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरु, व्यावसायिक साझेदारहरु, कर्मचारीहरु लगायत सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गरे ।
ग्राहकको रोजाई, आवश्यकता तथा बजारको गतिशिल भइरहेको उल्लेख गर्दै उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिटेन्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउदै लैजाने बताए ।
प्रबन्ध निर्देशक ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्राई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिवद्ध रहेको र आफ्ना व्यवसायहरुलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने उल्लेख गरे ।
सोही अवसरमा आइएमई लिमिटेडका सञ्चालक तथा आइएमई ग्रुपका बरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरी फिनटेकको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप परिष्कृत,सरल र विविधीकरण तर्फ लैजाने बताए।
त्यसैगरी, उपस्थित सम्पूर्ण व्यक्तिहरुलाई कार्यक्रममा स्वागत गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यवसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आइएमई आफ्ना विविधिकृत सेवाहरुको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरुपमा जोडिँदै अघि बढ्ने बताए ।

सो समारोहमा कम्पनीमा १० वर्ष भन्दा लामो समयदेखि सेवारत कर्मचारीहरु तथा लामो समयदेखि कम्पनीमा आवद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी, वार्षिकोत्सवको अवसर पारेर अयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिष्पर्धाका बिजेता र उपबिजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।
कलाकार तथा कम्पनीका ब्राण्ड एम्बेसडर द्वय दीपकराज गिरी तथा दिपाश्री निरौलाको समेत सहभागिता रहेको सो समारोहमा कमेडियन सुमन कार्कीको हास्य प्रस्तुती तथा कम्पनीका कर्मचारीहरुको विभिन्न सास्कृतिक प्रस्तुती रहेको थियो ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिवद्ध यस कम्पनीले सेवा शुभारम्भको २३औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःखगरी कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पु¥याउदैं आईरहेको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।