logo

अर्थमन्त्रीले पुँजीगत लाभकर नै अन्तिम भनेपछि बजार खुल्यो, नेप्से ५३ अंकले बढ्यो, सूचकमा पनि हरियाली

    302   पटक पढिएको

२१ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत लाभकर नै अन्तिम भएको विश्वास दिलाएपछि आइतबार सेयर कारोबार उकालो लागेको छ ।
लगानीकर्ताले कारोबार बन्द गराउने धम्कीका बीच छिटपुट किनबेच भइरहेको थियो।

अर्थमन्त्रालयमा अर्थमन्त्री महतले नै पुँजीगत लाभ कर नै अन्तिम भएको र अहिले गरिएको कर प्रस्ताव संसदमा फिर्ता लिने बताएपछि बजारमा कारोबारले तीब्रता पाएको छ ।
अहिले बजार हरियो पनि भएको छ। मन्त्रालयको समाचार बाहिरिएलगत्तै बजारले फराकिलो बृद्धि समातेको छ ।

आइतबार ११ बजेदेखि नै कारोबार खुलेको भएपनि मध्यान्ह १२ बजेर २० मिनेटसम्म छिटफुट मात्रै कारोबार भएको बजारमा मन्त्रालयको सूचनापछि भने हरियाली छाउँदै ५३.०३ अंकले वृद्धि हुँदा १९१९.३७ अंकको विन्दुमा बन्द भएको छ । आइतबार नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक ७.३७ प्रतिशतले वृद्धि भएको छ । यस्तै निर्जीवन बीमा उपसूचक ४.५४ प्रतिशतले वृद्धि भएको छ ।

सुरुवाती १ घण्टाको समय कारोबार नहुँदा नेप्सेमा उच्च अंकको वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब ६५ करोड ६३ लाखमा सीमित भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १५ करोड ८२ लाखको कारोबार हुँदा सोल्टी होटलको सेयर ८ करोड १३ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको सेयर ६ करोड ५५ लाखको कारोबार भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटपछिको दुई दिनमा नै करिब ९२ अंकको वृद्धि भएको सेयर बजार परिसूचक नेप्से आइतबार भने २.८४ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ३ वर्षको आय विवरण पेश गरी कर दाखिला गर्नुपर्ने उल्लेख थियो ।

पूँजीगत लाभकर नै अन्तिम कर रहेको बुझाइमा रहेको सेयर लगानीकर्तालाई त्यसले झस्काएपछि बजेटपछिको दुई दिन लगातार उच्च अंकको गिरावट भएको नेप्से १८ जेठ बिहीबार भने १६.५५ अंकले सुधार भएर बन्द भएको थियो । आइतबार सुरुवाती समयमा सेयर ब्रोकरको कार्यालय नै बन्द गराएर कारोबार रोकेको सेयर लगानीकर्ताका केही नेताहरुलाई अर्थ मन्त्रालयमा बोलाएर छलफलपछि प्राकृतिक व्यक्तिको हकमा पूँजीगत लाभकर नै अन्तिम भएको स्पष्टीकरण दिंदै मन्त्रालयले सूचना प्रकाशित गर्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।