logo

बजेटले महँगाईदियो सुनको भाउ, प्रतितोला १ लाख १२ हजार रुपैयाँमा पुगेर हालसम्मकै नयाँ रेकर्डमा

    716   पटक पढिएको


१७ जेठ/अर्थ र व्यापार – सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले नेपालमा सुनको मूल्य उच्च दरले बढाएको छ ।
गत सोमबार बजेट सार्वजनिक भएपछि सुनको भाउ ह्वात्तै बढेर प्रतितोला ३ हजार ९ सय रुपैयाँ थप महँगिएको छ ।
बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएकाले अहिले नेपालमा सुनको भाउ उच्च दरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले यस्तो बताएका हुन ।
बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बजेट घोषणा हुने दिन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढे पनि अहिले यहि बजेट प्रभावका कारण नेपाली बजारमा दुई दिनमै ३ हजार ९ सय रुपैयाँ बढेको हो ।
महासंघका अनुसार मंगलबार भन्सार महसुल बढेको अनुमानित आधारमा मूल्य निर्धारण गरिएको थियो । तर, बुधबार भने भन्सार महसुल थप ५ प्रतिशत विन्दु बढेको आधारमा मूल्य निर्धारण गर्दा अहिले नेपालमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलरमा सुनको कारोबार हुँदा नेपालमा मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ थियो । हाल अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस घटेर १९६३ डलर हुँदा पनि अझै नेपाली बजारमा हालसम्मकै उच्च रेकर्डमा प्रतितोला १ लाख १२ हजार रुपयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।