१५ जेठ/अर्थ र व्यापार – सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत अब एकसय रुपैयाँमै कम्पनी खोल्न सकिने नयाँ व्यवस्था गरिदिएको छ । यसैगरि, सरकारले अनलाइनबाटै नयाँ कम्पनी खोल्न र पुराना कम्पनी सहजै बन्द गर्न सकिने व्यवस्था गरिदिएको छ ।
सरकारले आगामी आवबाट यो बजेट कार्यान्वयनमा ल्याएपछि अहिलेको जस्तो कम्पनी दर्ता गर्दा कुनै पनि शुल्क लाग्ने छैन । अब जम्मा एकसय रुपैयाँ मै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने भएको छ ।
अहिले पुराना कम्पनी बन्द गर्नकालागि अनेक झमेला पार गर्नुपर्ने र धेरै खर्च हुने अवस्था छ । अब यस बजेट मार्फत अनलाइनबाट नै कम्पनी खोल्न र बन्द गर्न सकिने सहज व्यवस्था हुने छ ।
तपाईको प्रतिक्रिया