logo

नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट भोली सार्वजनिक हुँदै

सम्झौताकै आधारमा नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्रीको दावी

    575   पटक पढिएको

१५ जेठ/अर्थ र व्यापार – सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आगामी आर्थिक वर्षको नयाँ बजेट भोली सोमबार सार्वजनिक हुँदै छ । जसकालागि सबै तयारी पुरा भएको अर्थमन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सम्झौताकै माध्यमबाट अघि बढेर सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो दावी गरेका हुन । उनले राष्ट्रिय समस्यामा सबैदलहरुबीच आपसी सहमती गरि अघि बढ्न प्रस्ताव नै गरेका थिए । उनले देसको राष्ट्रिय समस्या समाधान गर्नकालागि सबै एकठाउँमा आउनुपर्ने बताए ।
उनले परम्परागत भन्दा भिन्न खालको छोटो र देशको अहिलेको समस्यालाई ठोस र मूर्त रुपमा सम्बोधन हुनेगरी नीति कार्यक्रम तयार गर्ने काम गरिएको बताए । तर, मन हुँदा हुँदै पनि समयको चापले सम्झौतामा अघि बढ्नु पर्दा नीति तथा कार्यक्रम यस्तो आएको उनले प्रष्ट पारे ।
‘यो पटक मैले कोशिश पनि गरे । परम्परा भन्दा भिन्न खालको छोटो र देशको अहिलेको समस्यालाई ठोस र मूर्त रुपमा सम्बोधन हुनेगरी नीति कार्यक्रम तयार पार्दा के होला भन्ने सोचेर, थोरै छलफल राजनीति वृतमा गर्ने कोशिश गरें ’ प्रधानमन्त्री दाहालले भने ।
तर समयको चाप र हाम्रो काम गर्ने तरिकामा ठूलो परिवर्तन तत्काल सम्भव नहुँने हुँदा आफुले अन्तत सम्झौताको माध्यमबाट अगाडि बढ्नुपर्ने बाध्यता महसुस गरेको उनले बताए ।
प्रधानमन्त्री दाहालले परम्परालाई पनि आत्मसाथ गरेर जानुपर्ने र केहि नयाँ कुराहरु पनि सम्बोधन गरेर जानुपर्ने आवश्यकतालाई यस नीति तथा कार्यक्रममा समेट्ने प्रयास गरिएको बताए । अब यसमा केसैले पनि बिबाद गरि अवरोध नपु¥याउन प्रधानमन्त्री दाहालले सबैलाई आग्रह गरे ।
उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या दुई वर्षभित्र समाधान गर्ने घोषणा समेत गरे । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममा पनि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्ने विषय उल्लेख छ ।
सो बैंठकमा प्रतिपक्षि दल नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले सरकारले गठबन्धनको आडमा नीति तथा कार्यक्रमलाई पास गर्न खोजेको भन्दै कडा आक्रोश पोखेकी थिइन् ।
नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा संसदमा उनले गठबन्धनको आडमा जे गर्दा पनि हुन्छ भन्ने सोच पूरा हुन नदिने चेतावनी दिदैं राष्ट्रिय एकता पार्टी दर्ता गर्न गठबन्धनलाई सुझाव दिईन् ।
उनले भनिन् ‘किन गठबन्धन भन्नु हुन्छ राष्ट्रिय एकता पार्टी भनेर पार्टी दर्ता गरे भै हाल्यो नी शुभकामना छ यहाँहरुलाई । तर, तपाँइहरुको स्वार्थ र गठबन्धनको स्वार्थ नेपाली जनताले पूरा हुन दिने छैनन् । नीति र कार्यक्रम सबै ठीक भए किन सत्ता पक्षका सांसदहले संशोधन हाल्नु भएको ? ’उनले आफ्नो पार्टीका अध्यक्षमाथि प्रतिपक्षले उठाएका प्रश्नबारे समेत आक्रोश पोखेकी थिइन । यसैगरि, सो बैठकमा प्रधानमन्त्री दाहाल समक्ष सांसदहरुले विभिन्न प्रश्न गरि जवाफ मागेका थिए ।
यो नीति तथा कार्यक्रम संसदबाट बहुमतले पास भएपछि सरकारले आगामी सोमबार आर्थिक वर्ष २०८०÷८१कालागि विनियोजित नयाँ बजेट सार्वजनिक गर्ने छ । विशेषगरि खर्च कटौटी एवं मितव्यीतालाई जोड दिएको सरकारले यसपाली पनि विगतका वर्षहरुमा जस्तै अधिकाँश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर आगामी नयाँ बजेट ल्याउने छ ।
लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको सरकार आगामी वर्ष खर्च कटौतीको नीति लिनैपर्ने दबाबमा छ । त्यसेले सरकारले यसपालीको नयाँ बजेटमा मितव्यीतालाई विशेष जोड दिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।