११ जेठ/अर्थ र व्यापार – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आगामी आइतबार १४ जेठमा प्रस्तुत गर्ने भएको छ ।
प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए ।
नीति तथा कार्यक्रम सार्वजनिक हुने भएपछि सभामुख पाठकले यस दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरेका छन ।
तपाईको प्रतिक्रिया