logo

सरकारलाई नयाँ बजेटको चटारो, १३ जेठमै करका दर तोकेर बजेटलाई अन्तिम रुप दिइने तयारी

    927   पटक पढिएको

११ जेठ/अर्थ र व्यापार – आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्जजनिक हुने दिन नजिकिएसँगै अहिले सरकारलाई नयाँ बजेटको चटारो छ । आगामी नयाँ बजेट सार्वजनिक हुने दिन आउन अब जम्मा पाँच दिन मात्र बँकी छ ।
आगामी सोमबार सार्वजनिक हुने नयाँ बजेटमा जुटेका अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमार्फत लिइने कर तथा राजस्वको दर यहि १३ जेठ शनिबार नै तोक्ने भएका छन् ।
आगामी शनिबार अर्थमन्त्री महतले करका दरहरुका सम्बन्धमा निर्णय गर्ने अर्थमन्त्रालय स्रोतले जनाएको छ । हरेक वर्ष १५ जेठमा नयाँ बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ । सामान्यतया, बजेट सार्वजनिक हुने दिनको अघिल्लो राती मात्रै करका दरहरुलाई अन्तिम रुप दिने गरिन्छ ।
यसपाली भने अर्थमन्त्री महतले दुईदिन अघि १३ जेठ मै करका दरहरुबारे अन्तिम निर्णय गर्ने बताएका छन । करका दर हेरफेरका सम्बन्धमा अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले भन्सार विभाग र आन्तरिक राजस्व विभागमार्फत सुझाव लिएर सोही अनुसार तयारी गरिरहेको छ ।

राजस्व व्यवस्थापन महाशाखाले करका दरहरुका विषयमा आफ्नो तर्फबाट सक्नुपर्ने काम शुक्रबार सकेर अन्तिम निर्णयका लागि बजेट महाशाखा हुँदै अर्थमन्त्री समक्ष पुर्याउनेछ ।
त्यसपछि शनिबार अर्थ मन्त्रीले करका दरका विषयमा निर्णय गर्नेछन् । मन्त्रालयको टिमले भ्याट छुटको सूची हटाउने, विलासी कर लगाउने, अन्तःशुल्क परिमार्जन गर्ने लगायतका विषय सहितको प्रतिवेदन तयार तयार पारिसकेको छ । प्रतिवेदनमा अर्थमन्त्री महतले ‘फाइनल लुक’ गरेर करका दरबारे निर्णय लिनेछन् ।
१३ जेठ मा करका दरहरु तोकेर राखिएपछि १४ जेठमा सरकार पक्षका दलहरुबीच बजेटबारे अन्तिम ‘ब्रिफिङ’ चल्ने बताइएको छ । सोही दिन योजना आयोग र मन्त्रिपरिषदमा पनि अर्थमन्त्री महतले बजेटबारे ब्रिफिङ गर्नेछन् ।
अर्थ मन्त्रालयले बनाएको बजेट कार्यतालिका अनुसार १३ जेठमा बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने उल्लेख थियो । सोही अनुसार १३ जेठमा बजेटले अन्तिम रुप ग्रहण गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।