logo

सरकारलाई नयाँ बजेटको चटारो, १३ जेठमै करका दर तोकेर बजेटलाई अन्तिम रुप दिइने तयारी

    636   पटक पढिएको

११ जेठ/अर्थ र व्यापार – आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्जजनिक हुने दिन नजिकिएसँगै अहिले सरकारलाई नयाँ बजेटको चटारो छ । आगामी नयाँ बजेट सार्वजनिक हुने दिन आउन अब जम्मा पाँच दिन मात्र बँकी छ ।
आगामी सोमबार सार्वजनिक हुने नयाँ बजेटमा जुटेका अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमार्फत लिइने कर तथा राजस्वको दर यहि १३ जेठ शनिबार नै तोक्ने भएका छन् ।
आगामी शनिबार अर्थमन्त्री महतले करका दरहरुका सम्बन्धमा निर्णय गर्ने अर्थमन्त्रालय स्रोतले जनाएको छ । हरेक वर्ष १५ जेठमा नयाँ बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ । सामान्यतया, बजेट सार्वजनिक हुने दिनको अघिल्लो राती मात्रै करका दरहरुलाई अन्तिम रुप दिने गरिन्छ ।
यसपाली भने अर्थमन्त्री महतले दुईदिन अघि १३ जेठ मै करका दरहरुबारे अन्तिम निर्णय गर्ने बताएका छन । करका दर हेरफेरका सम्बन्धमा अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले भन्सार विभाग र आन्तरिक राजस्व विभागमार्फत सुझाव लिएर सोही अनुसार तयारी गरिरहेको छ ।

राजस्व व्यवस्थापन महाशाखाले करका दरहरुका विषयमा आफ्नो तर्फबाट सक्नुपर्ने काम शुक्रबार सकेर अन्तिम निर्णयका लागि बजेट महाशाखा हुँदै अर्थमन्त्री समक्ष पुर्याउनेछ ।
त्यसपछि शनिबार अर्थ मन्त्रीले करका दरका विषयमा निर्णय गर्नेछन् । मन्त्रालयको टिमले भ्याट छुटको सूची हटाउने, विलासी कर लगाउने, अन्तःशुल्क परिमार्जन गर्ने लगायतका विषय सहितको प्रतिवेदन तयार तयार पारिसकेको छ । प्रतिवेदनमा अर्थमन्त्री महतले ‘फाइनल लुक’ गरेर करका दरबारे निर्णय लिनेछन् ।
१३ जेठ मा करका दरहरु तोकेर राखिएपछि १४ जेठमा सरकार पक्षका दलहरुबीच बजेटबारे अन्तिम ‘ब्रिफिङ’ चल्ने बताइएको छ । सोही दिन योजना आयोग र मन्त्रिपरिषदमा पनि अर्थमन्त्री महतले बजेटबारे ब्रिफिङ गर्नेछन् ।
अर्थ मन्त्रालयले बनाएको बजेट कार्यतालिका अनुसार १३ जेठमा बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने उल्लेख थियो । सोही अनुसार १३ जेठमा बजेटले अन्तिम रुप ग्रहण गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।