logo

नयाँ बजेटकालागि तयारी पोसाक उद्योग संघले बुझायो १७ बुँदे सुझाव

    913   पटक पढिएको

११ जेठ/अर्थ र व्यापार – नेपाल तयारी पोसाक उद्योग संघले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गर्न माग गर्दै विभिन्न १७ बुँदे सुझाव सरकारलाई बुझाएको छ ।
निर्यातजन्य उद्योगको मेरुदण्डका रूपमा रहेको र गौरवशाली इतिहास बोकेको तयारी पोसाक क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकारले नगद प्रोत्साहन बढाउनुपर्ने, सहुलियतपूर्ण कर्जा सुविधा दिइनुपर्ने तथा निर्यातको १ प्रतिशतबराबर प्रवद्र्धनमा खर्च गरिनुपर्ने लगायतका सुझाव संघले सरकारलाई बुझाएको हो । संघले निर्यातबापतको नगद प्रोत्साहन १० प्रतिशत पु¥याउन माग गरेको छ ।
संघका अध्यक्ष पशुपतिदेव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयसहित सरकारका विभिन्न निकायमा पेस गरेको सुझावमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सहज बनाउनुपर्ने, निर्यातकर्तालाई ८० प्रतिशतसम्म चालू पुँजी कर्जा सुविधा उपलब्ध गराइनुपर्ने तथा कोरोनाकालमा उपलब्ध गराइएको कर्जा अवधि तीन वर्ष पु¥याइनुपर्ने उल्लेख छ ।
यसैगरि, संघले राष्ट्रिय प्राथमिकताको परियोजनाका लागि लिइँदै आएको सहुलियतपूर्ण ऋण तयारी पोसाक उद्योगहरूका लागि पनि लिइनुपर्ने, तयारी पोसाक उद्योगका निमित्त लचिलो श्रम नीति लागू गरिनुपर्ने, निर्यातका निमित्त सरकारी लगानीमा सिपिङ कन्टेनरको व्यवस्था गरिनुपर्ने तथा पुनकर्जा तथा निर्यातकर्जाको समयावधि न्यूनतम तीन वर्ष कायम गरिनुपर्ने माग राखेको छ ।
प्रि सिपमेन्ट कर्जा कोभिड अगाडिजस्तै सहज हुनुपर्ने तथा खरिद अर्डर गर्दा बिनाधितो विदेशी मुद्रामा नै भुक्तानी गर्ने व्यवस्था हुनुपर्ने माग तयारी पोसाक उद्योग संघले गरेको छ ।
फ्रेट सेवाबापत अग्रिम आयकर कट्टीको व्यवस्था हटाइनुपर्ने, निर्यातबाट प्राप्त हुने आयमा लाग्न कर २५ प्रतिशतबाट १० प्रतिशतमा सीमित गर्नुपर्ने एवं एक्जिम कोड मूल भन्सार कार्यालयबाटै परिवर्तनको व्यवस्था हुनुपर्ने माग संघको छ ।

संघले बैंक ग्यारेन्टी परिवर्तन एवं फुकुवासम्बन्धी व्यवस्था खुकुलो बनाइनुपर्ने, उद्योगले आयात गर्ने कच्चा पदार्थ तथा मिल मेसिनरीहरू भन्सार जाँचपास हुँदा ग्रिन च्यानल विधिबाट छिटोछरितो कार्यसम्पादन हुने व्यवस्था गर्नुपर्ने माग पनि गरेको छ । संघका अध्यक्ष पाण्डेले आफुहरुले बुझाएको सुझावकै आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अपेक्षा गरिएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।