logo

छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्टको बैठक सुरु

    670   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार – छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल बैठक शुरु भएको छ ।
यो बैठक शुक्रबारबाट काठमाडौंमा सुरु भएको हो । बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षिय सम्बन्धलाई लगानीमा पनि विस्तार गर्ने योजना बनाएको छ ।
बैठकका बारेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षिय सम्बन्धलाई लगानीको रूपमा रूपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रूपमा रुपान्तरण गर्न बैठक बसेको बताए ।
बैठकका लागि १८ सदस्यीय अमेरिकी टोली नेपाल आएको पनि उनले बताए । नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवद्र्धन गर्ने बैठकको लक्ष्य रहेको उनले बताए । बैठक जतिसक्दो नेपालमा अमेरिकी लगानी बढाउने कुरामा केन्द्रित रहने उनले बताए ।
बैठक सम्भावना र समस्याको खोजी गर्ने माध्यम बनेको बताउँदै यसले व्यापारका क्षेत्रहरु पहिचान गर्ने र नेपालबाट अमेरिका निकासीका वस्तुहरुका बारेमा पनि छलफल गर्ने उनले बताए ।
सचिव मरासिनीले अमेरिकाबाट नेपालले दिगो विकासका हिसाबले लगानी भित्र्याउन खोजेको बताए । अमेरिकाले नेपालमा एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको उनले उल्लेख गरे । बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी छन् ।
उनले बैठकमा सम्बोधन गर्दै नेपालले अमेरिकाबाट दिगो विकाससहितको लगानी खोजेको र नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहँदा विदेशी लगानीका लागि सहज भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।