logo

डिजेलको भाउ घटेसँगै साढे ४ प्रतिशतसम्म घट्यो गाडीभाडा

    615   पटक पढिएको


३ जेठ/अर्थ र व्यापार – डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँले घटेसँगै यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ ।
विभागले डिजेलको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा गाडीभाडा पनि घटबढ हुने नीति अनुसार सार्वजनिक यातायातको भाडा ३.२० प्रतिशतदेखि ४.६५ प्रतिशतसम्म घटाएको हो ।

यसअघि नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागुहुनेगरि डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएर १ सय ५५ रुपैयाँ कायम गरेको थियो ।
भारतीय आयल निगमले नेपाल आयल निगममा घटेको पेट्रोलियम पदार्थको मूल्य पठाएसँगै नेपाल आयल निगमले पनि डिजेलको मूल्य घटाउँदा यसको असर सार्वजनिक यातायातको शुल्कमा परेको हो ।
यसअघि यातायात व्यवस्था विभागले गत बर्ष असारमा मात्रै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको थियो । त्यसबेला डिजेको मूल्य नेपालमा प्रतिलिटर १ सय ७२ रुपैयाँ थियो । त्यसयता हालसम्म डिजेलको मूल्य प्रतिलिटर १७ रुपैयाँ अर्थात ९.८८ प्रतिशतले घटेपछि सार्वजनिक सवारीसाधनको भाडाघर घटाईएको हो ।

यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातको भाडा अब साविकको तुलनामा घटेको छ । जसमा यात्रुवाहक सवारीसाधनको भाडादर साविकको तुलनामा ३.२० प्रतिशतले घटाईएको छ । यता पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर ४.१९ र तराईको बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर ४.६५ प्रतिशतले समायोजन गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।