logo

रसुवागढी नाकाबाट धमाधम भित्रन थाले पर्यटक

    915   पटक पढिएको


५ वैशाख/अर्थ र व्यापार – कोरोना विश्व महामारीको पहिलो लहरपछि बन्द भएको रसुवागढी नाका पूर्ण रुपमा सुचारु भएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटक भित्रन थालेका छन् ।
अध्यागमन विभागका अनुसार रसुवागढी नाकाबाट अहिले धमाधम पर्यटक भित्रन थालेका छन् । विभागको तथ्यांक अनुसार सोमबार रसुवागढी नाका हुँदै १७ जना चिनियाँ नागरिक नेपाल आएका थिए ।
जसमा ३ जना महिला छन् । यो नाकाबाट २४ जना चिनियाँ बाहिरिएका छन् । जसमा ७ जना महिला छन् ।
नेपालमा यस दिन कुल ६ हजार २०८ जना विभिन्न नाका हुँदै नेपाल भित्रिएका छन् । जसमा भारतीय स्थल नाकाबाट भित्रने भारतीय र नेपाली नागरिकको भने गणना हुँदैन । चीनतर्फका अन्य नाकाबाट भने यात्रु अझै भित्रिएका छैनन् ।
सोमबार त्रिभुवन विमानस्थलबाट कुल ५ हजार ९८० जना नागरिक नेपाल भित्रिएकोमा २ हजार ८५७ जना पर्यटक हुन् । काकडभिट्टा नाकाबाट ३८ जना भित्रिएकोमा ६ जना विदेशी हुन् ।
वीरगञ्जबाट ६ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिए । बेलहियाबाट ५७ जना विदेशी नागरिक नेपाल आएका छन् । यस दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका कुल १०३ जना मध्ये सबै नेपाली नागरिक थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।