logo

चैत मसान्तसम्म साँवा ब्याज तिर्न १ खर्ब २३ अर्ब खर्च, सरकारको ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

    989   पटक पढिएको

५ बैशाख/अर्थ र व्यापार – चालू आर्थिक वर्षको ९ महिनामा सरकारले ऋणको साँवा र ब्याज तिर्न १ खर्ब २३ अर्ब रुपैयाँ खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले आन्तरिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न चैत मसान्तसम्म १ खर्ब २ अर्ब रुपैयाँ र वैदेशिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न २१ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ ।
चालू आर्थिक वर्षमा संकलन भएको ६ खर्ब ३५ अर्ब राजस्वको १९.३७ प्रतिशत रकम साँवा र ब्याज तिर्न मात्रै खर्च भएको छ ।
चालू आर्थिक वर्षको बजेट बनाउँदा आन्तरिक ऋणको साँवा र ब्याज फिर्ता गर्न ९० अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको सरकारले विनियोजित बजेटभन्दा १३ प्रतिशत बढी खर्च गरेको छ ।
गत वर्ष बजेट बनाउँदा बढ्दो ब्याजदरलाई नजरअन्दाज गर्दै रकम विनियोजन गरिएकाले आन्तरिक ऋण साँवा र ब्याजको खर्च व्यवस्थापन गर्न कठिन भइरहेको छ ।
चालू आर्थिक वर्षमा सरकारले बाह्य ऋणको साँवा फिर्ता र ब्याज तिर्न ४२ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेकोमा ५० प्रतिशत रकम खर्च गरिसकेको छ ।
गत वर्षभन्दा पनि कम राजस्व संकलन नभएर चालू खर्च व्यवस्थापन गर्न समेत कठिन भएकाले ९ महिनाको अवधिमा सरकारले १ खर्ब ६० अर्ब रुपैयाँ ऋण लिएको छ ।
९ महिनामा १ खर्ब ५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको सरकारले ५४ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल सरकारले तिर्नु पर्ने ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो ।
त्यसमा आन्तरिक ऋण १० खर्ब २५ अर्ब र वैदेशिक ऋण ९ खर्ब ८७ अर्ब रुपैयाँ छ । पछिल्लो ९ महिनामा थपिएको ऋण समेत जोड्दा चालू आर्थिक वर्षको चैत मसान्तसम्म सरकारको ऋण ऋण २१ खर्ब ७३ अर्ब नाघेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।