logo

महासंघको पहिलो चरणको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षका प्रत्यासी संघाई बाहिरिए, दोस्रो चरणमा बरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन र उमेशलालबीच प्रतिस्पर्धा

    429   पटक पढिएको

३० चैत/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघको पहिलो चरणको निर्वाचनबाट कसैलेपनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि बरिष्ठ उपाध्यक्ष पदमा अञ्जनकुमार श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः निर्वाचन हुने भएको छ ।

पहिलो चरणको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी रामचन्द्र संघाई प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अब हुने दोस्रो चरणको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जनकुमार र उमेशलाल श्रेष्ठबीच तिब्र प्रतिस्पर्धा हुँदै छ । महासंघको इतिहासमै अहिले यस्तो दुई चरणको निर्वाचन गर्नुपर्ने अवस्था आइलागेको हो ।  अझै यदि यि दुईजना बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवारबीच आगामी तिनवर्षे कार्यकाल आधा आधा समय बाँडेर लिन सक्ने विकल्प पनि छ । तर, अहिलेसम्मको अवस्था हेर्दा अब यि दुईजना बरिष्ठ उपाध्यक्षका प्रत्यासीबीच पुनः दोस्रो चरणको निर्वाचन नै हुने देखिएको छ । 

बुधबार काठमाडौमा सम्पन्न भएको महासंघको निर्वाचनको सबै मतगणना परिणाम बिहीबार बिहान सार्वजनिक भएको हो । यस निर्वाचनबाट कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जनकुमार श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।पहिलो चरणको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले ३७.९९ प्रतिशत मतभार ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३१.७१ प्रतिशत मतभार ल्याएका थिए । सबैभन्दा कम ३०.४६ प्रतिशत मतभार पाएका रामचन्द्र संघाई यो निर्वाचनबाट बाहिरिएका कारण अब संघाईले दोस्रो चरणको प्रतिस्पर्धामा सहभागी नै हुन पाउने छैनन । 
महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्षमा निर्वाचित उम्मेदवार तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने प्रावधान छ । महासंघको ५७ औं वार्षिक साधारण सभा र यस निर्वाचनकालागि अहिले देसभरका व्यवसायी काठमाडौमा जम्मा भएका छन । पहिलो चरणको निर्वाचनबाट एकजना बरिष्ठ उपाध्यक्ष चुन्ने काम बाहेक अन्य ६३ वटा पदमा नयाँ नेतृत्व चयन भईसकेको छ । 

 यस निर्वाचनबाट एसोसिएट, जिल्ला/नगर र वस्तुगत तर्फबाट गरि तिनजना उपाध्यक्ष चयनकालागि भएको चुनावी प्रतिस्पर्धाबाट नयाँ उपाध्यक्षहरु विजयी  भएका छन । एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई समुहकी ज्योत्सना श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा रामचन्द्र संघाइ समुहाकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समुहका हेमराज ढकाल विजयी भएका छन् ।

यी हुन् एशोसिएट, जिल्ला नगर र वस्तुगततर्फ विजयी सदस्यहरु 

एशोसिएट, जिल्ला नगर र वस्तुगततर्फबाट विजयी कार्यकारीणी सदस्यहरु मध्ये डा.रामशरण थपलियाले एसोसियट तर्फबाट सबैभन्दा धेरै १४४० मत ल्याएर विजयी भएका छन । यसैगरि, नरेशलाल श्रेष्ठ ९१, मोहनप्रसाद श्रेष्ठ ९१, मनोज पौडेल १३७३, लिलेन्द्रप्रसाद प्रधान ८९ मतकासाथ विजयी भएका छन ।  यसैगरि, प्रयास कार्की ८८, आनन्द कुमार बगेरिया १३६४,हरिबहादुर कार्की ८२, अमरेशन चन्द बैदार८१ , अम्बिका प्रसाद पौडेल १३६३ , शिव प्रसाद घिमिरे ८१ मत ल्याएर विजयी भएका हुन ।

ताराबहादुर कार्की ८१,् सुनिल नारायण श्रेष्ठ १३४२, अरनिको राजभण्डारी ७६,नवीन रिजाल ७९, सुशील थापा १३२९,  डा. सुबोध कुमार गुप्ता ७५ मत ल्याएर विजयी भए । कल्पना गैरे ७७,  शैलेन्द्र गुरागाईं १३१५, रविन पुरी ७४, उमेश डालमिया ७३, राजेशकुमार अग्रवाल १३१२, नानीराज घिमिरे ७२, उज्जलप्रसाद कसजु ७२,  हेमन्त गोल्छा १३००,  भक्तबहादुर हमाल ७२, बेदबहादुर श्रेष्ठ ७२,  देशबन्धु बस्नेत १२८४,  शोभा ज्ञवाली ७२ मत ल्याएर विजयी भएका हुन ।  

अब्दुल बाहित मन्सुरी ७०, अविनाश बोहोरा १२७५, मनोज अधिकारी ६७, मन्जुकुमार श्रेष्ठ (कोजु) ७०, गोपाल खनाल १२६५, कमला श्रेष्ठ ६६, किशोरकुमार आचार्य ६९,उज्वल कुमार श्रेष्ठ ११९१, पशुपतिदेव पाण्डे ६५ मत ल्याएर विजयी भएका छन । यसैगरि, केशवप्रसाद भण्डारी ६७, प्रवलजंग पाण्डे ११२८ , राजकुमार कार्की ६२,कृष्ण कटुवाल ६७ , जुना माथेमा ९९१, पुष्पराज कुँवर ६६,  शक्ति कुमार बेगानी ९८८, अनिलकृष्ण श्रेष्ठ ६४, सन्दिप कुमार अग्रवाल ९२५, गोकुल श्रेष्ठ ६४, ऋषी अग्रवाल ८८१,निरक केसी ६३ मत र मुकुन्द प्रसाद तिमल्सिना ८४२ मत ल्याएर विजयी भएका हुन ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।