logo

बीमा प्राधिकरणद्धारा पर्याप्त छलफल र अध्ययनबिना नै लघुबीमा निर्देशिका पारित

    667   पटक पढिएको


२७ चैत/अर्थ र व्यापार – नेपाल बीमा प्राधिकरणले पर्याप्त अध्ययन र छलफल बिना नै लघु बीमा निर्देशिका पारित गरेको छ । प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले लघुबीमा निर्देशिका पारित गरेको हो ।
नेपालमा पहिलो पटक सुरु हुन लागेको लघुबीमाको लागि आवश्यक मापदण्ड निर्धारण, व्यवसायको प्रकृत्ति निर्धारण सम्बन्धमा पर्याप्त छलफल बिना नै लघुबीमा निर्देशिका पारित गरेको हो ।
प्राधिकरणले गोप्य रुपमा अघि बढाएको लघुबीमा निर्देशिका हिजोको बैठकले पारित गरेको हो । सो निर्देशिकामाथि सञ्चालकहरुले समेत पर्याप्त छलफल गर्न नपाएको गुनासो गरेका छन् ।

आइतबारको बैठकले सो निर्देशिका पारित गर्नुअघि सञ्चालक मध्येका एक कपिदेव ओली विगत तीन दिनदेखि बीमा अभिकर्ताहरुको चुनावमा व्यस्त थिए । ७२ घण्टा बीमा अभिकर्ताहरुको निर्वाचनमा खटिएका ओली हिजो साँझ बसुन्धारास्थित निर्वाचनस्थलबाट सिधैं प्राधिकरण पुगेका थिए ।
आइतबारका लागि तोकिएको प्राधिकरण सञ्चालक समितिको बैठकले हाटहुट गरेर लघुबीमा निर्देशिका पारित गरेको जनाइएको छ । लघुबीमा निर्देशिका सम्बन्धमा बौद्धिक तहमा छलफल गरेको आफुलाई जानकारि नै नभएको सम्बन्धीत बीमा विज्ञहरुले बताएका छन ।
बीमा प्राधिकरणमा लामो समयसम्म सल्लाहकारको भूमिका रहेका बीमाविज्ञ भोजराज शर्माले पनि लघुबीमाको मापदण्ड बनाउने सम्बन्धमा कुनै छलफल नभएको प्रतिक्रिया दिए ।
कम्पनीहरुको स्वार्थ अनुकूल ऐन बनाएर लाभ लिने आरोप लाग्दै आएको बीमा प्राधिकरणले अध्ययन र पर्याप्त छलफल बिना नै लघुबीमा निर्देशिका पारित गरेको गुनासो हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुको गुनासो छ ।
एक जीवन बीमा कम्पनीका सिईओले प्राधिकरणले आफूहरुसँग छलफल नगरेको र लघुबीमा निर्देशिका अध्ययनमा आधारित नभएको प्रतिक्रिया दिएका छन् ।
प्राधिकरणले पारित गरेको लघुबीमा सम्बन्धी निर्देशिका अनुसार लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँ बीमाङ्क सम्मको व्यवसाय गर्न पाउने भएका छन् । त्यस्तै, त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले ५० लाख रुपैयाँ बीमाङ्कसम्मको व्यवसाय गर्न पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।