logo

बीमा प्राधिकरणद्धारा पर्याप्त छलफल र अध्ययनबिना नै लघुबीमा निर्देशिका पारित

    955   पटक पढिएको


२७ चैत/अर्थ र व्यापार – नेपाल बीमा प्राधिकरणले पर्याप्त अध्ययन र छलफल बिना नै लघु बीमा निर्देशिका पारित गरेको छ । प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले लघुबीमा निर्देशिका पारित गरेको हो ।
नेपालमा पहिलो पटक सुरु हुन लागेको लघुबीमाको लागि आवश्यक मापदण्ड निर्धारण, व्यवसायको प्रकृत्ति निर्धारण सम्बन्धमा पर्याप्त छलफल बिना नै लघुबीमा निर्देशिका पारित गरेको हो ।
प्राधिकरणले गोप्य रुपमा अघि बढाएको लघुबीमा निर्देशिका हिजोको बैठकले पारित गरेको हो । सो निर्देशिकामाथि सञ्चालकहरुले समेत पर्याप्त छलफल गर्न नपाएको गुनासो गरेका छन् ।

आइतबारको बैठकले सो निर्देशिका पारित गर्नुअघि सञ्चालक मध्येका एक कपिदेव ओली विगत तीन दिनदेखि बीमा अभिकर्ताहरुको चुनावमा व्यस्त थिए । ७२ घण्टा बीमा अभिकर्ताहरुको निर्वाचनमा खटिएका ओली हिजो साँझ बसुन्धारास्थित निर्वाचनस्थलबाट सिधैं प्राधिकरण पुगेका थिए ।
आइतबारका लागि तोकिएको प्राधिकरण सञ्चालक समितिको बैठकले हाटहुट गरेर लघुबीमा निर्देशिका पारित गरेको जनाइएको छ । लघुबीमा निर्देशिका सम्बन्धमा बौद्धिक तहमा छलफल गरेको आफुलाई जानकारि नै नभएको सम्बन्धीत बीमा विज्ञहरुले बताएका छन ।
बीमा प्राधिकरणमा लामो समयसम्म सल्लाहकारको भूमिका रहेका बीमाविज्ञ भोजराज शर्माले पनि लघुबीमाको मापदण्ड बनाउने सम्बन्धमा कुनै छलफल नभएको प्रतिक्रिया दिए ।
कम्पनीहरुको स्वार्थ अनुकूल ऐन बनाएर लाभ लिने आरोप लाग्दै आएको बीमा प्राधिकरणले अध्ययन र पर्याप्त छलफल बिना नै लघुबीमा निर्देशिका पारित गरेको गुनासो हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुको गुनासो छ ।
एक जीवन बीमा कम्पनीका सिईओले प्राधिकरणले आफूहरुसँग छलफल नगरेको र लघुबीमा निर्देशिका अध्ययनमा आधारित नभएको प्रतिक्रिया दिएका छन् ।
प्राधिकरणले पारित गरेको लघुबीमा सम्बन्धी निर्देशिका अनुसार लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँ बीमाङ्क सम्मको व्यवसाय गर्न पाउने भएका छन् । त्यस्तै, त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले ५० लाख रुपैयाँ बीमाङ्कसम्मको व्यवसाय गर्न पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।