२६ चैत/अर्थ र व्यापार – ‘लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरु’का विषयमा अध्ययन गर्न गठित समितिले काम सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयअनुसार आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिले काम थालेको हो ।
समितिले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा सरोकारवालासँग सुझाव पनि गरेको छ । लघुवित्तबाट ठगी भएका लगायत गुनासा चर्को गरी उठेपछि राष्ट्र बैंक सञ्चालक समितिले अध्ययनका लागि श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।
तपाईको प्रतिक्रिया