logo

अर्थमन्त्रालयले बनायो आगामी आवको बजेट लेखन समिति,भुपाल बराल संयोजक

    621   पटक पढिएको


२४ चैत/अर्थ र व्यापार – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट लेख्ने टिमको टुंगो लगाएको छ । मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरी जिम्मेवारी समेत तोकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
मन्त्रालयले सहसचिव भुपाल बराल संयोजक रहने गरी समिति बनाएको छ । जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।
बजेट लेखनमा अर्थ मन्त्रालयका दुई सचिव (राजस्वसहित) र अर्थ मन्त्रीले मार्गदर्शन गर्ने गर्छन् । यसअघि राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन भई काम भइरहेको छ ।
संवैधानिक व्यवस्था अनुसार आगामी आवको बजेट १५ जेठमा संसदमा प्रस्तुत भइसक्नुपर्छ । जसकालागि नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका वर्तमान समस्या समाधान हुनेगरी नयाँ बजेट निर्माणको काम थालिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।