logo

बरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ समुहले गर्यो मनोनयन दर्ता

    936   पटक पढिएको


२१ चैत/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघको आगामी २८ र २९ चैतमा हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले पनि मनोनयन दर्ता गरेको छ । मंगलबार यस समुहले महासंघ केन्द्रिय कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएको हो ।
सो समुहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् ।
मंगलबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा वस्तुगततर्फबाट उपाध्यक्ष लगायत १४ जना कार्यसमित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन । यसैगरि, यस समुहका जिल्ला तथा नगर र एसोसिएट्सका पनि अधिकांश सदस्यहरुले सोमबार र मंगलबार आ आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सो समुहका कतिपय एसोसिएट्स र जिल्ला नगरका सदस्यहरुले भने आईतबार र सोमबार पनि मनोनयन दर्ता गराएका थिए । उम्मेदवारी दर्तासँगै पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो समुहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायिक हकहितका विषयहरु उठान गरेकाले जित सुनिश्चित भएको वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार उमेशलाल श्रेष्ठले बताए ।
‘हामी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा अघि बढेका छौं,’ उनले भने, ‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ । यस्तो अवस्थामा निजीक्षेत्रको क्याप्टेनसीप दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु जिल्ला नगर, वस्तुगत, एसोसिएट्स र द्विराष्ट्रिय सबै क्षेत्रका उद्योगी व्यवसायीले हाम्रो यस समुहलाई अत्याधित मत दिएर विजयी गराउनेमा विश्वस्त छु ।’
अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको र जसका कारण अर्थतन्त्रमा समस्यामा परेको उनले जानकारी दिए । अहिले सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउने पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको भन्दै आफु निर्वाचित भएलगत्तै व्यवसायिक हकहितका एजेण्ड बोकेर समाधानका लागि सरकारसँग छलफलमा बस्ने जानकारी दिए ।
देशको अर्थतन्त्रको सम्वाहक निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रको मनोवल उकास्न सरकारले नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए । यसैगरि, उनले अहिलेको अवस्थामा उद्योगी व्यवसायिका कर्जालाई राष्ट्र बैंकले पुर्नतालिकिरण र सरकारले ब्याजमा सहुलियत दिनुपर्ने माग गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।