logo

महासंघको कार्यकारिणि समिति सदस्यमा युवा उद्यमी मनोज पौडेलको उम्मेदवारी,  देशभरका व्यवसायीको पक्षमा काम गर्ने  लक्ष्य 

    975   पटक पढिएको

२१ चैत/अर्थ र व्यापार – आगामी २८ र २९ चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि युवा उद्यमी मनोज पौडेलले कार्यकारिणि समिति सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।
युवा उद्यमी तथा अर्थशास्त्री मनोज पौडेलले एसोसियट तर्फबाट कार्यकारिणि समिति सदस्यकालागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
लन्डन स्कुल अफ इकोनोमिक्समा एम एस्सी गरेका पौडेलले देशभरीका व्यवसायको पक्षमा काम गर्ने उद्देश्यसहित महासंघको कार्यकारिणि समिति सदस्यमा उम्मेदवारी दिएको घोषणा गरेको बताए ।
उनले आफु महासंघको आगामी नयाँ नेतृत्वमा पुगेर पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान र टीमवर्कको लागि काम गर्ने एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएको बताए । सबैको सहकार्यबाट नै अहिलेको अर्थतन्त्रको चुनौती समाधान गरी नेपाली उद्यम र उद्यमीका लागि जीवन्त र समृद्ध भविष्य निर्माण गर्न सक्ने पौडेलको भनाई छ ।
पौडेलसँग प्राइम कमर्सियल बैंकको संचालक, काठमाडौं टेक्निकल स्कुलको सह–संस्थापक, इन्स्टिच्युट फर गभर्मेन्ट एन्ड पब्लिक अफेयर्सका सह–संस्थापक, आध्यान्त फण्ड म्यानेजमेन्टका संस्थापकदेखि लिएर विकास साझेदारहरूका लागि अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव छ ।
उनले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार, स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोगदेखि लिएर डेटामा आधारित समाधानहरूको विकासको लागि काम गर्ने बताएका छन् ।
पहुँचयोग्य र सुलभ लगानी – विकासका लागि नयाँ अवसर, भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार ,न्यायपूर्ण वित्तिय र बैन्किङ अभ्यासहरूको पक्षमा काम,सार्वजनिक निजि साझेदारीको माध्यम बाट नवीन र दिगो अवसरहरू सिर्जना ,अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिले स्थापना गरेको एफडीआई हेल्पडेस्कको प्रभावकारी संचालन,सबैको सशक्तिकरण उनको योजना र चुनावी एजेन्डा रहेका छन ।
यसैगरि, पौडेलले स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोग , युवा उद्यमीहरूलाई स्टार्टअप(अनुकूल नीतिहरू र सोहि अनुरूपको साथ ,नेपालमा जो कोहिले व्यवसाय गर्ने प्रक्रियालाई सहज र सरल बनाउन मेहेनत,प्रत्येक प्रदेशमा व्यवसाय सहायता, विकास र वृद्धी केन्द्रहरूको स्थापना ,स्मार्ट समाधान – समस्या समाधान गर्न डेटामा आधारित निर्णय,प्रमाणमा आधारित नीतिहरूको लागि वकालत गर्न सार्वजनिक नीति विशेषज्ञताको उपयोग, व्यवसायीको पक्षमा सूचित निर्णय लिनको लागि अनुसन्धानको साथ ,चुनौतीहरू पहिचान गरी डेटामा आधारित समाधानहरूको विकास ,उद्योगहरूले सामना गर्नुपरेका समस्याहरू समाधान गर्न सरकारी निकायहरूसँग सहकार्य आफ्नो एजेन्डा अघि सारेका छन ।
यसैगरि, पौडेलले व्यवसाय गर्नका लागि सहयोगी वातावरण सिर्जना गर्न सरोकारवाला, व्यवसाय, बैंक, सरकार, विकास साझेदार सबैलाई एकजुट बनाउने माहोल सिर्जना , महासंघ र यसका सदस्यहरूबीच कम्युनिकेशनमा सुधारी आवाज सुन्ने र अप्ठ्याराहरु समाधान र महासंघको मिसनलाई अघिबढाउन महासंघका अध्यक्ष तथा निर्वाचित पदाधिकारीहरुलाई पूर्ण सहयोगका कामलाई पनि आफ्नो प्रमुख एजेन्डा र भावी योजनाका रुपमा अघि सारेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।