logo

निगमले घटायो इन्धनको भाउ

    593   पटक पढिएको


२१ चैत/अर्थ र व्यापार – नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । भारतबाट नै भाउ घटेर आएकाले स्वचालित प्रणाली अनुसार निगमले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घटाएको छ । यसैगरि, पेट्रोलको मुल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ ।
निगम संचालक समिति अध्यक्ष मधु मरासिनीको संयोजकत्वमा सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निगम सञ्चालक समितिले गरेको यो निणर्यसँगै अब डिजल लिटरको १ सय ६५ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। यो मूल्य घटाउँदा समेत निगमलाई मासिक ८० करोड रुपैयाँ नाफा छ ।
अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजलको १६५ रुपैयाँ कायम हुनेछ। मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को निर्देशनमा निगमले इन्धनको मूल्य घटाइएको हो।
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि थोरैथोरै मूल्य घटाउने गरिएको थियो। डिजलको भाडा घटाउँदा त्यसको असर समग्र क्षेत्रमा पर्ने निष्कर्षसहित प्रधानमन्त्री प्रचण्डले यो निर्देशन दिएका हुन्।
डिजलको मूल्य घटाउँदा सार्वजनिक यातायातको भाडा घटेर आम सर्वसाधारणलाई समेत राहत हुने छ । यस्तै ढुवानी भाडा घट्दा सबै उपभोग्य सामाग्रीको पनि मूल्य घट्न सहयोग पुग्ने छ । जसले आन्तरिक उत्पादनको लागत पनि सस्तो भएर प्रतिस्पर्धी बन्न सहयोग पुग्ने सरकारको अपेक्षा छ ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सोमबार बसेको निगम सञ्चालक समिति बैठकले यस्तो निणर्य गरेको बताए ।
सोमबार बसेको बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ’ उनले खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको जानकारी दिए ।
निगम सञ्चालक समितिको सो निर्णयसँगै सोमबार राती १२ बजेदेखि नै लागुहुने नयाँ मुल्य अनुसार डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो । यसैगरि, हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ । यसरी भाउ घटेपछिको नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ अब १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत प्रतिसिलिण्डर १८ सय रुपैयाँ नै कायम राखिएको निगमले जनाएको छ ।
पछिल्लो समय भारतबाट नै इन्धनको मूल्य घटेर आएकाले स्वचालित प्रणाली अनुसार निगमले भाउ केही घटाएको हो । यसअघि शनिबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नै भाउ घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको थियो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डरमा ३० रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको थियो ।
घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड रुपैयाँ बढी नाफा हुने प्रक्षेपण गरेको थियो । अघिल्लो पटक पनि घटेर नयाँ मूल्य आउँदा पनि मूल्य समायोजन नगरेको निगमले यसपटक भने घटेर प्राप्त भएको नयाँ मूल्यभन्दा केही बढीले उपभोक्ता मूल्य समायोजन गरेको बताएको छ ।
निगमका अनुसार बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो । डिजेल मूल्यलाई लिएर सरकारको पूँजीगत खर्चसमेत हुन नसकेको गुनासो निजी क्षेत्रले गरिरहेका थिए । निगमले भने गत वर्षको घाटाको बक्यौता र ऋणका कारण अझै निगम वित्तीय दायित्वले थिचिएको दाबी गरिरहेको थियो ।
निगमका अनुसार निगमलाई अझै सरकारको ६ अर्ब ५० करोड रुपैयाँ ऋण र आइओसीको ८ अर्ब रुपैयाँ बक्यौता बाँकी छ । तर, अर्थतन्त्र चलायमान गराउन र महँगी नियन्त्रणका लागि डिजेलको मूल्य कटौती गरेर राहत दिने प्रधानमन्त्री दाहालको चाहना बमोजिम अहिले मूल्य घटाउने निर्णयमा निगम पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।