१७ चैत/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
यो समयमा सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जाने बताउँदै ढकालले भने, ‘यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होईन हातेमालो गरेर संटकबाट पार लगाउने हो ।’
बरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । यसैगरि, उनले रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत रहेको धारणा राखे ।
तपाईको प्रतिक्रिया