logo

बैंकिङ तरलताको समस्या समाधानमा राष्ट्र बैंकको नयाँ प्रयास, ट्रेजरी बिल सोझै खरिद गरि २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाइँदै

    672   पटक पढिएको

१६ चैत/अर्थ र व्यापार – अझै मुलुकमा कायमै रहेको बैंकिङ तरलताको समस्या समाधान गर्नकालागि नेपाल राष्ट्र बैंकले नयाँ प्रयास गरेको छ । जसकालागि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन ट्रेजरी बिल सोझै खरिद बोलकबोल (आउटराइट पर्चेज) गरि २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।
राष्ट्र बैंकले आगामी असार मसान्तसम्म भुक्तानी अवधि भएका २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आउटराइट पर्चेजका लागि बोलकबोल आह्वान गरेको छ ।

आज बिहीबार ३ बजेसम्म आवेदन दिन सकिने सो आउटराइट पर्चेजको भोली शुक्रबार खरिद हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको ट्रेजरी बिल ५ करोड वा ५ करोडले भाग लाग्ने खरिद गर्न चाहेको रकमसम्म बोलकबोल पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षमा यसअघि पनि राष्ट्र बैंकले आउटराइट पर्चेज मार्फत ८३ अर्ब ८५ करोड रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाइसकेको छ । यसअघि गत ९ भदौमा २५ अर्ब, ६ असोजमा ४० अर्ब, २४ कात्तिकमा ३० अर्ब र ८ मंसिरमा २० अर्ब रुपैयाँ बराबरबको ट्रेजरी बिल आउटराइट पर्चेज मार्फत खरिद गर्न प्रस्ताव आह्वान गरेको भएपनि सो ८३ अर्ब ८५ करोड रुपैयाँ मात्रको खरिद गरेको थियो।
राष्ट्र बैंकले जानकारी गराए अनुसार ट्रेजरी बिल एक वर्षवा एकवर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
अहिले राष्ट्र बैंकले गरेको यस्तो नयाँ प्रयासले बैंकिङ तरलताको समस्या समाधानकालागि निकै सहयोग हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।