logo

बजेट ल्याउन दुई महिना बाँकी , अझै १६ मन्त्रालय मन्त्रिविहिन

    395   पटक पढिएको

१५ चैत/ अर्थ र व्यापार – मन्त्रिपरिषद् विस्तारमा ढिलाइले बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् ।
एकातर्फ चालु आर्थिक बर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा समेत ढिलाई हुन पुगेको देखिएको छ । बजेट तर्जुमा प्रक्रियासँग जोडिएका अधिकांश विद्यमान कानुनी व्यवस्था पूरा गर्नुपर्ने क्यालेन्डर पनि समयअनुसार सञ्चालनमा आउन सकेको छैन ।

सरकारले पूर्णता पाउन नसक्दा आर्थिक प्रशासनमा अलमल देखिएको र यसले बजेट क्यालेन्डरमा नै असर गर्न सक्ने त्रास बढाएको जानकारहरुको भनाई छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउन अब ६० दिन र बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता ल्याउन ४५ दिन मात्र बाँकी छ ।
बजेटसँग सबैभन्दा बढी जोडिने अर्थ मन्त्रालयसहित १६ वटा मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् । सरकारमा सहभागी दलहरूले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहँदा वार्षिक बजेट र नीति तथा कार्यक्रम निर्माणका कामहरुको टुंगो अझै छैन ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ११ ले विषयगत मन्त्रालयका लागि मध्यमकालीन खर्च संरचना तर्जुमा प्रक्रियासँगै समयसीमा पनि तोकिदिएको छ ।
मन्त्रालयहरूले आयोजना तथा कार्यक्रमको विवरण, प्रति एकाइ लागत, कार्यान्वयन अवधि, अपेक्षित प्रतिफल, त्यसको प्रभाव र असरलगायतका विवरण फागुन मसान्तभित्र योजना आयोग र अर्थ मन्त्रालयलाई बुझाईसक्नुपर्छ । तर, मन्त्रालयले यी विवरण अझै बुझाउन सकेका छैनन् ।
यसैगरी, आगामी आर्थिक वर्षका लागि मन्त्रालयहरूले पाएको बजेट सीमा ९सिलिङ० का आधारमा आफ्ना योजना तथा कार्यक्रमहरु २५ चैतसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली ९एलएमबीआइएस० मा प्रविष्ट ९इन्ट्री० गरि सक्न अर्थ मन्त्रालयले पत्राचार गरिसकेको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३३ ले सङ्घ सरकार, प्रदेश र स्थानीय तहबीच अन्तरसरकारी वित्त व्यवस्थापनका विषयमा आवश्यक परामर्श तथा समन्वय गर्न अर्थमन्त्रीको संयोजकत्वमा हरेक वर्ष चैतमा अनिवार्य रुपमा अन्तर सरकारी वित्त परिषद् रहने व्यवस्था गरेको छ । तर, परिषद्को बैठक बस्न सकेको छैन ।
मुलुकको अर्थतन्त्र संघटग्रस्त अवस्थामा पुगिसकेको भनेर राजनीतिक दलका नेता, अर्थविद् र सरकारी निकायहरुले भनिरहेका बेला मुलुकको आर्थिक प्रशासन भने आफैँ अलमलमा परेको जस्तो देखिएको छ ।
विद्यमान कानुनी व्यवस्थाअनुसार सरकारले आगामी वैशाख मसान्तभित्र आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता ल्याइसक्नुपर्छ भने १५ जेठसम्म वार्षिक बजेट ल्याइसक्नुपर्छ । बजेट र वार्षिक नीति तथा कार्यक्रम ल्याउन निकै छोटो समय बाँकी रहेको छ तर, सरकारमा जाने दलहरु न्यूनतम साझा कार्यक्रम बनाउने र त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका छन् ।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतालाई अहिले सरकारमा जाने दलहरुले तय गर्ने न्यूनतम साझा कार्यक्रमले दिशानिर्देश गर्ने भएकाले यो आवश्यक रहेको पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले बताए ।
‘न्यूनतम साझा कार्यक्रम भनेको दलहरूको भयो । सरकारको फरक हुन्छ । यसकै आधारमा सरकारले वार्षिक नीति तथा कार्यक्रम बनाउने कोसिस गर्छ । यी दुई फरक विषय हुन् । तर, अन्तरसम्बन्धित पनि हुन्छ’ उनले भने ।
दलहरुको साझा प्रतिबद्धताले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटलाई सैद्धान्तिक र वैचारिक रुपमा दिशानिर्देश गर्ने उनको भनाइ छ । वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाउँदा सरकारले अन्य प्राथमिकताहरु, साधन स्रोतहरु लगायतका विषयलाई आधारमा बनाउनुपर्ने हुन्छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम जतिसक्दो चाँडो ल्याउन प्रयास भइरहेको र एक दुई दिन भित्रमा सार्वजनिक भइसक्ने पनि भट्टराईले बताए । सरकार विस्तारको ढिलाइले विषयगत मन्त्रालयहरुको बजेट निर्माण प्रक्रिया अस्तव्यस्त भइरहँदा सत्ताधारी दलहरुले अहिले ल्याउने न्यूनतम साझा कार्यक्रमको कुनै ठूलो अर्थ नरहने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।
‘अहिले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन आवश्यक छैन । किनभने चालु आर्थिक वर्षको बजेट ल्याउँदा प्रधानमन्त्री नेपाली कांग्रेसबाट र अर्थमन्त्री नेकपा ९माओवादी केन्द्र० बाट थिए । अहिले कांग्रेस र माओवादी केन्द्रकै सरकार बन्ने अवस्थामा न्यूनतम साझा कार्यक्रम त्यति आवश्यक छ जस्तो लाग्दैन’ उनले भने ।
सरकारमा केही नयाँ दलहरु पनि जोडिएकाले न्यूनतम साझा कार्यक्रम ल्याउन खोजेको हो भने पनि त्यसको आयु करिब डेढ महिना मात्रै हो । वैशाख मसान्तमा त सकारकारको नीति तथा कार्यक्रम पेस गर्नैपर्ने उनले बताए ।
उनले बजेट निर्माणका प्रारम्भिक चरणका अर्थमन्त्रीको भन्दा अर्थ सचिव र राष्ट्रिय योजना आयोगको बढी भूमिका रहने बताए । राष्ट्रिय योजना आयोगबाट बजेट सिलिङ पाएका मन्त्रालयहरु मन्त्री नै नभएपछि वार्षिक योजना तथा कार्यक्रम कसरी तयार पार्ने भन्ने अलमलमा छन् ।
अर्कोतर्फ अर्थ मन्त्रालय पनि बजेट क्यालेन्डरमा तोकिएको समय घर्किंदै जान थालेपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा स्पष्ट हुन सकेको छैन । ‘सबै मन्त्रालयहरुलाई २५ चैतसम्ममा योजना तथा कार्यक्रमको विवरण एलएमबीआईएसमा इन्ट्री गरिसक्नु भनेर अर्थमन्त्रालयबाट पत्राचार भइसकेको छ । त्यो सकिएपछि उनीहरुसँग छलफल सुरु हुन्छ’, अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने ।
बजेट तर्जुमा दिग्दर्शन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा भएका व्यवस्थाअनुसारको बजेट क्यालेन्डर यस वर्ष बन्न नसकेको पनि उनी स्विकार्छन् । यी कानुनी व्यवस्थामा भएका प्रावधानअनुसार गएको अवस्थामा अहिले बजेट निर्माणको प्रक्रिया सबै विषयगत मन्त्रालयहरुसँग छलफलको चरणमा पुगिसकेको उनको भनाइ छ ।
संघिय सरकारले बजेट निर्माणका क्रममा प्रदेश र स्थानीय तहसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ । संघिय अनुदानका रुपमा तल जाने बजेट र त्यहाँ कार्यान्वयन हुने योजना तथा कार्यक्रमबारे केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग छलफल गर्नुपर्ने हो । त्यसैका लागि अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले अन्तर सरकारी वित्त परिषद्को व्यवस्था राखेको छ ।
ऐनले ‘परिषद्को बैठक प्रत्येक वर्षको चैत महिनामा एकपटक र अन्य बैठक संयोजकले तोकेको मिति र समयमा बस्नेछ’ भनी उल्लेख गरेको छ । तर, अर्थमन्त्रीको संयोजकत्वमा बस्नुपर्ने यो बैठकको अझै टुङ्गो छैन ।
प्रदेशका अर्थमन्त्री, गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिका प्रमुख वा उप्रमुखबाट प्रत्येक प्रदेशबाट एकजना महिलासहित दुईजना प्रतिनिधित्व हुनेगरी प्रदेशले सिफारिस गरेको १४ जना, वित्तसम्बन्धी विज्ञमध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा एकजना महिलासमित तीनजना यो परिषद्मा रहन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।