logo

१८ चैतदेखि रसुवा केरुङ नाका संचालनमा आउने, सरसफाई थालियो

    1307   पटक पढिएको

१४ चैत/अर्थ र व्यापार – विगत तीन वर्षदेखि बन्द रसुवा नाका आगामी १८ चैतदेखि संचालनमा आउने भएको छ । यस नाका संचालनमा आएपछि आवातजावत सुरु हुने छ ।
यसअघि कोरोना विश्व महामारिका कारण करिब ३ वर्षदेखि सो नाकाबाट भन्सारका कर्मचारी, सर्वसाधारण, व्यवसायी, सवारी चालक तथा मजदुरलाई आवतजावतमा रोक लगाइएको थियो ।
कोरोना विश्व महामारीको त्रासले गर्दा चिनियाँ पक्षले नेपाली पक्षसँग भेट्न छाडेका थिए। चिनियाँ पक्ष स्वास्थ्य प्रोटोकलसहित मितेरी पुलसम्म आयातित सामान झारेर जाने गरेको थियो ।
यतिबेला सो नाकालाई पुरानै लयमा संचालन गर्ने विषयमा छलफल भइरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारि दिए ।
चिनियाँ पक्षका अधिकारीहरुसँग यस विषयमा वी च्याटमा रसुवा केरुङ नाकामा आवातजावतका विषयमा खुलेर कुराकानी भएकाले यस नाकाबाट हुने आयात निर्यातमा सिन्डिकेट हटाएर पहिले जस्तै संचालन हुने बताउँदै उनले भने, ‘उताबाट १८ चैतदेखि नाका खुल्ला गर्ने तयारी गरिएको छ।’
उनका अनुसार हालसम्म भन्सारमा औपचारिक रुपमा नाकामा आवातजावत सुरु गर्ने पत्र भने आएको छैन । तर, चिनियाँ पक्षसँग औपचारिक रुपमै नाका पूर्णरुपमा पुरानो लयमा संचालन गर्ने तय भइसकेको छ । जसका लागि चिनियाँ पक्षले केरुङतर्फ सरसफाई समेत सुरु गरिसकेको छ ।

लामो समयदेखि बन्द रहेको रसुवा केरुङ नाकामा आवातजावत खुलेपछि आयात र निर्यातमा सुधार आउने रसुवा भन्सार कार्यालयले अपेक्षा गरेको छ। हाल यस नाकाबाट दैनिक १४ वटा चिनियाँ कन्टनेरमा सामान आइरहेको छ भने दैनिक ५ देखि ७ वटा कन्टेनर निर्यात हुने गरेको छ।
कोभिड महामारी अघि यस नाकाबाट दैनिक एक सय भन्दा बढी कन्टेनरमा सामान आयात हुने गरेको थियो। कोभिड महामारी सकिएपछि दैनिक २० कन्टेनर आउन दिने भनिए पनि हालसम्म यो कायम हुन सकेको छैन। चीन तर्फको निर्यात पनि केही महिनादेखि मात्रै सुरु भएको हो।
निर्यात खुलेपनि पहिले जस्तो ठूलो परिमाणमा आइरहेको छैन। पुसयता केरुङ नाकाबाट १६ करोड रुपैयाँ बराबरको करिब एकसय ५९ वटा कन्टेनरमा स्वदेशी उत्पादित वस्तु निर्यात भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए।

विगत तीन वर्षदेखि व्यवसायीहरु चीन नगई नेपालबाटै सामान अर्डर गरिरहेका छन् भने चिनियाँ पक्षपनि यस नाकाबाट नेपाल आउन सकिरहेका छैनन्। पहिले नेपाली व्यवसायीहरु चिनियाँ सामान आयात गर्न आफैं जाने गरेका थिए ।
अर्डर गरेका सामान समेत समयमा आइपुग्न नसक्दा हाल केरुङ नाकाबाट आयात गर्ने व्यवसायीहरुको संख्या समेत घट्न थालेको छ । रसुवा केरुङ नाकामा आवतजावत दोहोरो रुपमा हुन थालेमा आयात निर्यात बढ्ने भन्सार प्रमुख भण्डारीले जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।