logo

सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बनाएको छ: सिएनआई अध्यक्ष अग्रवाल

    656   पटक पढिएको


१२ चैत/अर्थ र व्यापार – नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बन्न सहयोग गरेको बताएका छन् । काठमाडौंमा आयोजित ‘वुमेन लिडरसिप समिट २३’को उद्घाटन समारोहमा अग्रवालले सहुलियतपूर्ण कर्जा नीतिले महिलाको व्यवसायमा सहयोग गरेको बताए ।
अहिले महिलाहरू चुलोमा मात्र सीमित छैनन् । महिलाले आफ्नै व्यवसाय गर्न सफल भएको बताउँदै अग्रवालले भने, ‘नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा नीतिले महिलाको व्यवसायमा सहयोग गरेको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । महिला व्यवसायीले उत्पादन गरेका सामग्री अन्तर्राष्ट्रिय बजारमा बिक्री भएका छन् ।’
दीगो विकासका लागि महिला सहभागिता आवश्यक रहेको भन्दै उनले सरकाले त्यसलाई नीतिमा मात्र सीमित पारेको अग्रवालले बताए ।
यसैगरि, उनले महिलाहरूको नेतृत्व क्षमता बढाउन समय अनुसारको प्रशिक्षण र शिक्षाको आवश्यकता रहेको पनि उनले बताए । महिला घर परिवारमा मात्र सीमित भएर आर्थिक विकास नहुने भन्दै अब नेतृत्वदायी भूमिकामा पनि महिला हुनुपर्ने धारणा व्यक्त गरे ।
यसैगरि, उनले परिवार सफल बनाउन एकजना महिलाको महत्वपूर्ण भूमिक हुने भएकाले व्यवसाय वृद्धिमा पनि महिलाको भूमिका त्यत्तिकै महत्व हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।