logo

सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बनाएको छ: सिएनआई अध्यक्ष अग्रवाल

    980   पटक पढिएको


१२ चैत/अर्थ र व्यापार – नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बन्न सहयोग गरेको बताएका छन् । काठमाडौंमा आयोजित ‘वुमेन लिडरसिप समिट २३’को उद्घाटन समारोहमा अग्रवालले सहुलियतपूर्ण कर्जा नीतिले महिलाको व्यवसायमा सहयोग गरेको बताए ।
अहिले महिलाहरू चुलोमा मात्र सीमित छैनन् । महिलाले आफ्नै व्यवसाय गर्न सफल भएको बताउँदै अग्रवालले भने, ‘नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा नीतिले महिलाको व्यवसायमा सहयोग गरेको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । महिला व्यवसायीले उत्पादन गरेका सामग्री अन्तर्राष्ट्रिय बजारमा बिक्री भएका छन् ।’
दीगो विकासका लागि महिला सहभागिता आवश्यक रहेको भन्दै उनले सरकाले त्यसलाई नीतिमा मात्र सीमित पारेको अग्रवालले बताए ।
यसैगरि, उनले महिलाहरूको नेतृत्व क्षमता बढाउन समय अनुसारको प्रशिक्षण र शिक्षाको आवश्यकता रहेको पनि उनले बताए । महिला घर परिवारमा मात्र सीमित भएर आर्थिक विकास नहुने भन्दै अब नेतृत्वदायी भूमिकामा पनि महिला हुनुपर्ने धारणा व्यक्त गरे ।
यसैगरि, उनले परिवार सफल बनाउन एकजना महिलाको महत्वपूर्ण भूमिक हुने भएकाले व्यवसाय वृद्धिमा पनि महिलाको भूमिका त्यत्तिकै महत्व हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।