९ चैत/अर्थ र व्यापार – आगामी बैशाख महिनामा हुने बिबाह लगनको समय आउँनै लाग्दा अहिले नेपाली बजारमा सुनको भाउ अत्यधिक बढेर प्रति तोला १ लाख ९ हजार रुपैयाँ नागेको छ ।
बिहीबार सुन र चाँदीको मूल्य दुबै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुनको भाउ बढेर प्रतितोला एकलाख ९ हजार रुपैयाँ नागेको छ । यसैगरि, तेजावी सुनको मूल्य बढेर प्रतितोला एकलाख ८ हजार ५ सय रुपैयाँ भएको छ । यसैगरि, चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावल सुन प्रतितोला १ लाख ७ हजार ८ सय, तेजावी सुन १ लाख ९ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रि बजारमा यहि अवस्था कायमै रहे अझै सुनको मुल्य थप बढ्दै जाने अनुमान गरिएको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया