logo

नेउवा महासंघको केन्द्रिय सदस्यमा पशुपतिदेव पाण्डेले उम्मेदवारी दिने

    1947   पटक पढिएको


७ चैत/ अर्थ र व्यापार – नेपाल उद्योग वणिज्य महासंघको आगामी २८ र २९ चैतमा हुने निर्वाचनमा नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन ।
‘समृद्धि बहस’ कार्यक्रममा नविन काफ्लेसँग कुरागर्दै पाण्डेले बस्तुगतको तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएका हुन ।
‘प्योर क्लोथिङ’का संचालक एवं प्रवन्ध निर्देशक पाण्डेले तयारी पोसाक उद्योग, हस्पिटालिटी तथा रेस्टुरेन्ट व्यवसाय, निर्यात र पर्यटन क्षेत्र लगायत समग्र स्वदेशी तयारी पोसाक उत्पादनमुलक उद्योगीका क्षेत्रको प्रतिनिधीत्व गरि यसपालीको निर्वाचनमा महासंघको केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी दिने बताएका हुन । उनले प्योर क्लोथिङ तयारी पोसाक उद्योग र हस्पिटालिटीको क्षेत्रमा गरि २५० जनालाई रोजगारी दिएका छन ।
पाण्डे विगत २० वर्षदेखि तयारी पोसाक तथा निर्यातजन्य बस्तु उत्पादन व्यवसायमा सक्रिय छन । उनले हाल तयारी पोसाकसँगै हस्पिटालिटी तथा रेस्टुरेन्ट व्यवसाय पनि सञ्चालन गर्दै आएका छन ।
नेपाल तयारी पोसाक उद्योग संघको अध्यक्ष तथा विभिन्न पदमा रहेर सफलतापूर्वक काम गरेको आफ्नो अनुभवलाई महासंघमा लगाउने उद्देश्य लिएर आगामी निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताए ।
‘महासंघको आगामी कार्यसमितिमा बसेर महासंघ मार्फत स्वदेशी तयारी पोसाक तथा निर्यात क्षेत्रका व्यवसायीक एजेन्डाहरुलाई लागु गर्न पहल गर्ने र महासंघको आगामी नयाँ नेतृत्वलाई सफल पार्न सक्दो प्रयास गर्ने छु’ केन्द्रिय सदस्यका उम्मेदवार पाण्डेले भने ।
बढ्दो व्यापार घाटालाई न्युन गर्दै देशलाई आर्थिक रुपले सम्पन्न बनाउन निर्यात जन्य उत्पादनको प्रवद्र्धनमा जोड दिनुपर्ने उनले बताए । उद्योगी व्यवसायीहरुले महासंघ खोज्नुपर्ने भन्दा महासंघले साना मझौला तथा ठुला सबै उद्योगीलाई खोज्नुपर्ने वातावरण निर्माणकालागि आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताए ।
महासंघमा बस्तुगत संघहरुको भूमिकालाई थप प्रभावकारी बनाउँदै वस्तुगत संघहरुका एजेन्डाहरु लागु गराउन सरकार र सरोकारवाला निकायसँग लविङ गर्ने चुनावी एजेन्डा रहेको भन्दै उनले आफुले स्वदेशी मौलिकता भएका बस्तुहरुको प्रवद्र्धनमा विशेष जोड दिने बताए ।
अहिले आफु तयारी पोसाक उद्योग संघको नेतृत्वमा बसेर काम गरिरहेको अनुभव तथा विविध समस्याहरुबारे सरकार र अन्य सरोकारवालाहरुसँग आपसी सहकार्य गरि अघि बढ्न पनि महासंघको केन्द्रिय सदस्य बन्नकालागि सबै साना तथा मझौला व्यवसायीले थप उत्साहित बनाईरहेको उनले बताए ।
उनले साना, मझौलादेखि ठूला व्यवसायीका समस्या समाधान गर्नकालागि आफूले उम्मेदवारी दिने बताएका छन् । साना, मझौला र ठूला व्यवसायलाई आफूले सुक्ष्म तरिकाबाट बुझेको र ती समस्या समाधानका लागि आफूले महासंघमा बसेर यस्ता उद्योगीबीच सहज पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले तयारी पोसाक उद्योगीले भोग्दै आएको विविध समास्या समाधानकालागि पनि महासंघको कार्यसमितिमा बसेर आफुले काम गर्न चाहेको बताए ।
अहिलेसम्म धेरै संभावना भएर पनि स्वदेशी बस्तु तथा उत्पादनको गुणस्तरबारे आफ्नै देशका नागरिकलाई सचेत गराउन नसकिएको भन्दै पाण्डेले अब आफु महासंघमा पुगेर यस क्षेत्रको समस्या समाधानको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । अहिलेसम्म आफुहरुले गरेको प्रयासकै कारण हाल नेपालमै उत्पादित बस्तुहरु पनि निकै गुणस्तरीय बन्दै गएको दावी गर्दै पाण्डेले उपभोक्ताबीच स्वदेशी बस्तु उपयोगबारे सचेतना जगाउन महासंघको आगामी नेतृत्वले थप पहल गर्नुपर्ने बताए ।
नेपालका तयारी पोसाकको निर्यात प्रवद्र्धनकालागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला एवं अन्य सरकारी निकायसँग पनि समन्वय गर्नुपर्ने अवस्था छ भन्दै उनले तयारी पोशाक उत्पादन गर्ने साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्दै अघि बढ्नकालागि पनि अहिले आफु महासंघको केन्द्रिय सदस्यमा जान लागेको बताए ।
गार्मेन्ट्सका बस्तु एवं तयारी पोसाकको निर्यातमा कुनै समय नेपाल विश्वको उत्कृष्ट १० भित्र परेको स्मरण गर्दै उनले अहिले घटेको स्वदेशी बस्तुको निर्यात बढाउन आफुले महासंघमा गएर राम्रो काम गर्न चाहेको बताए ।
आफुलाई महासंघको केन्द्रिय सदस्यमा पुग्नकालागि तयारी पोसाक उद्योग संघ लगायत अन्य बस्तुगत संघका व्यवसायी साथीहरुले तिब्र चाँहना गरिरहेकाले अब उनीहरुको चाँहना पुरा गर्न महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएर उदाहरणीय काम गरेर देखाईदिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।