logo

उद्योग परिसंघको पहलमा भयो नेपाल–चीन लगानी तथा विजनेस सम्मेलन

    792   पटक पढिएको


१ चैत/अर्थ र व्यापार– नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडको संयुक्त आयोजनामा ‘नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरम २०२३’ आयोजना गरिएको छ ।
नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समुद्घाटन गरेका हुन । उनले फोरमले नेपाल चीनको विद्यमान व्यापारिक सम्बन्धलाई सुदृढ गर्न, आर्थिक तथा व्यापारिक साझेदारीका नयाँ क्षेत्रहरू खोज्न उत्कृष्ट अवसर प्रदान गर्ने बताए ।
चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार रहेको भन्दै प्रधानमन्त्रीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत चीन भएको बताए । विदेशी लगानीका लागि स्थिर राजनीतिक वातावरण चाहिन्छ भन्नेमा सचेत रहेको भन्दै प्रधानमन्त्रीले नीतिमा निरन्तरता र स्थिरताको वातावरण बनाउने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई देशको हितमा पारस्परिक सम्बन्धलाई मजबुत बनाउन तथा नयाँ व्यापारिक सम्पर्क स्थापित गर्ने उद्देश्यले फोरमको आयोजना गरिएको बताए ।
नेपालका लागि चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै अध्यक्ष अग्रवालले उत्पादनमुलक उद्योग, सूचना प्रविधि, सिमेन्ट, पर्यटन, जलविद्युतलगायतका क्षेत्र लगानीका लागि अत्यन्त उपयुक्त रहेको बताए ।
पूर्वाधार एवं निर्माणका क्षेत्रमा र उद्योगहरुमा भएको चिनियाँ लगानी सफल रहेको र थप चिनियाँ लगानी खोजिरहेको उनले बताए । नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमले नेपालमा चिनियाँ लगानी बढ्ने विश्वास उनले व्यक्त गरे ।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न र व्यापार गर्न प्रोत्साहित गरिरहेको बताए । स्वच्छ ऊर्जा, जलविद्युत, विद्युतीय अटोमोबाइल लगायतका नयाँ विकासमा लगानी गर्न आवश्यक रहेको बताए। नेपालले चीनमा निर्यात विस्तार गरेको भन्दै उनले दुई देशबीचको सीमाहरुमा दुईतर्फी व्यापार र यात्रु आवागमन पुनः सुचारु गर्न सक्दो प्रयास गरिरहेको बताए ।
नेपाल चिनियाँ नागरिकका लागि सबैभन्दा आकर्षक गन्तव्य रहेको भन्दै उनले कोडिभ १९ पछि मार्च १५, २०२३ देखि चीनको समूह भ्रमणको गन्तव्यमा नेपाललाई समावेश गरिएको बताए । यसले सन् २०२३ मा नेपालको सुन्दर परिदृश्य र नेपाली जनताको न्यानो आतिथ्यताको अनुभव गर्न थप चिनियाँ पर्यटक नेपाल आउने उनले विश्वास व्यक्त गरे ।
चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष चाङ साओ गाङले चीन नेपालको विदेशी पुँजीको सबैभन्दा ठूलो स्रोत र पर्यटकको दोस्रो ठूलो बजार रहेको बताए । उनले चिनियाँ आधुनिकीकरण र चीनको उच्च गुणस्तरीय विकासले नेपालसहित अन्य मुलुकको विकासमा नयाँ अवसरहरू ल्याउने बताए ।
नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमले द्विपक्षीय आर्थिक तथा व्यापारिक सहयोगको जगलाई थप सुदृढ गर्ने र चिनियाँ तथा नेपाली व्यापारिक समुदायलाई नयाँ यात्रातर्फ अघि बढाउने लक्ष्य राखेको बताए ।
नेपालमा विद्युत, सञ्चार र सडक निर्माण जस्ता महत्वपूर्ण पूर्वाधार विकास र लगानीको ठूलो माग रहेको भन्दै चीनसँग राम्रो औद्योगिक प्रणाली र पुँजी, प्रविधि र अनुभवबाट नेपालले फाइदा लिन सक्ने बताए ।
उनले सीसीपीआइटी चीनको सबैभन्दा ठूलो व्यापार र लगानी प्रबद्र्धन गर्ने एजेन्सी रहेको र नेपालमा नेपाल उद्योग परिसंघसँगको सहकार्यमा दुई देशबीच व्यापार र लगानी सहयोगलाई सहज बनाउन आफूहरु तयार रहेको बताए ।
नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालका लागि चिनियाँ लगानी महत्वपूर्ण रहेको बताए । उनले चिनियाँ लगानीकर्ताले सञ्चार, खानी, उत्पादनमुलक उद्योगलगायतका क्षेत्रबाट लाभ लिन सक्ने उनको भनाइ थियो ।
फोरमको विजनेस सेसनमा लगानी नीति, सुविधा तथा लगानीको अवसरका क्षेत्रहरुको विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, उद्योगमा लगानीको अवसरका विषयमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाह, अटो क्षेत्रको विषयमा बीवाईडीको नेपाल निर्देशक हु झिउ, पूर्वाधार तथा निर्माण क्षेत्रको विषयमा नेपाल
पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिृत रामकृष्ण खतिवडा, प्रविधिको विषयमा वाङ झिन्सान, नेपालको पर्यटन उद्योगको विषयमा परिसंघका महानिर्देशक दीपकराज जोशी, जडिबुटी क्षेत्रको विषयमा जडिबुटी उत्पादक संघ नेपालका अध्यक्ष प्रेमराज तिवारीले प्रस्तुति दिएका थिए भने परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले समापन मन्तव्य व्यक्त गरेका थिए ।
कोडिभ १९ पछि पहिलो पटक भएको नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरम २०२३ मा चिनियाँ ६० भन्दा बढी लगानीकर्ता, परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्यहरु, स्वदेशी उद्योगी व्यवसायी सहित १५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।