logo

जीपछिरिङ लामा शेर्पालाई एफक्यान ग्लोरी अवार्ड, महत्वपूर्ण दुई विधामा कालिका कन्स्ट्रक्शन उत्कृष्ट

    134   पटक पढिएको


२९ फागुन/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड अग्रज निर्माण व्यवसायी जीपछिरिङ लामा शेर्पालाई प्रदान गरेको छ । एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ आयोजना गर्दै महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिएका आफ्ना महासंघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई सो सम्मान प्रदान गरेको हो ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शेर्पालाई सो अवार्ड प्रदान गरेका हुन । एघारौं एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्शनले दुईवटा महत्वपूर्ण विधामा एफक्यान एक्सिलेन्स अवार्ड जितेको छ । विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुईवटा विधामा कालिकाले सो अवार्ड हात पारेको हो ।
कालिका कन्स्ट्रक्शनको तर्फबाट कार्यकारी निर्देशक तथा महासंघका सल्लाहकार निकोलस पाण्डेले सो अवार्ड ग्रहण गरेका थिए । बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरे बापत् जय विष्णु निर्माण सेवा प्रालि नुवाकोटले गोल्ड अवार्ड जितेको छ । जय विष्णु निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक अनिल सिलवालले सो अवार्ड ग्रहण गरेका हुन ।  ए क्लास तर्फ उत्कृष्ट काम गरेको कम्पनीतर्फ भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा.लि भक्तपुरले गोल्ड, सामानान्तर निर्माण सेवाले सिल्भर र कन्काई इन्टरनेशनल बिल्डर्स् प्रालिले ब्रोन्ज अवार्ड जितेका छन् ।
बी क्लास तर्फ यही विधामा सगुन कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङ प्रा लि ले गोल्ड अवार्ड जित्दा एस. एल कन्स्ट्रक्शन प्रा. लि ले सिल्भर अवार्ड हात पा¥यो । सी क्लासतर्फ यही विधामा नेशनल कन्स्ट्रक्शन प्रा. लि कञ्चनपुरले गोल्ड र शिवालय बिल्र्डस् प्रा लि. काभ्रेले सिल्भर अवार्ड जित्यो । कोशी प्रदेशबाट क्लास डी तर्फ झापाको उद्देश्य निर्माण सेवाले उत्कष्ट अवार्ड जित्यो ।
क्लास डी मा वागमती प्रदेशबाट तेज कन्स्ट्रक्शनले अवार्ड जित्दा गण्डकी प्रदेशबाट जि.एस इन्जिनियरिङले अवार्ड जित्न सफल भयो । त्यस्तै कर्णाली प्रद्ेशबाट उत्तम निर्माण सेवा सुर्खेतले अवार्ड हात पा¥यो । उत्कृष्ट जिल्ला निर्माण व्यवसायी संघहरू मध्येमा तराईबाट कैलालीले अवार्ड जित्दा पहाड र हिमालबाट क्रमश ः कास्की र सिन्धुपाल्चोकले अवार्ड जिते । उत्कृष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड वागमती प्रदेश महासंघले जित्यो ।
उत्कृष्ट महिला निर्माण व्यवसायीमा एस एल कन्स्ट्रक्शनकी गीता शाहीले अवार्ड जितिन् भने उत्कृष्ट सर्भिस प्रमोसन कन्सल्टिङ कम्पनीको अवार्ड आर्किटेक्ट कोल्याबोरेट नेपाल प्रा लि. ले जित्यो । त्यस्तै कन्स्ट्रक्शन सेक्टर एक्सिलेन्स इन्जिनियर अवार्ड इन्जिनियर नरेन्द्रकुमार देवलाई प्रदान गरियो ।
एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ अन्र्तगत नै महासंघले भौतिक पूर्वाधारको समाचारलाई उच्च प्राथमिकता दिने विभिन्न संचार माध्यमहरूलाई अवार्ड प्रदान गरेको छ । जस अन्र्तगत अनलाइनतर्फ निर्माणपाटी डटकम, रेडियो तर्फ रेडियो काठमाडौं, टिभीतर्फ एपीवान र दैनिक पत्रिकातर्फ आर्थिक दैनिकका प्रतिनिधिहरूलाई अवार्ड प्रदान गरियो । भौतिक पूर्वाधारको क्षेत्रमा कलम चलाउने पत्रकारतर्फ राजधानी दैनिकका मधुजङ्ग पाण्डेले अवार्ड पाए ।

मस्ट सर्पोटिभ स्पोनसरको अवार्ड एमएडब्लु् अर्थमुभर्स् प्रा.लि (जेसीबी) लाई प्रदान गरियो । निर्माण व्यवसायीका सन्ततिहरू मध्ये इन्जिनियरिङ विषय अध्ययन पूरा गरेका प्रगति शाह (जय लक्ष्मी कन्स्ट्रक्शन बाजुरा), जेनिशा महर्जन (के.बी डेभलपर एण्ड कन्स्ट्रक्शन प्रा लि. काठमाडौं), रविकान्त शाह (जय अम्बे कन्स्ट्रक्शन पर्सा) र आसुतोष दास (.न्यू आसुतोष कन्स्ट्रक्शन सप्तरीं लाई अवार्ड प्रदान गरियो ।
महासंघ सचिवालयमा कार्यरत कर्मचारीहरू मध्ये न्युच्छेमाया तुण्डकारलाई अवार्ड दिइयो । अवार्डका लागि वरिष्ठ प्राविधि विज्ञ प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा महासंघले जुरी कमिटि गठन गरेको थियो । अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।
महासंघका अध्यक्ष रवि सिंहले महासंघको अवार्ड कार्यक्रम राष्ट्रकै प्रतिष्ठित अवार्डको रुपमा स्थापित हुनु महासंघको लागि गर्वको विषय भएको बताए । अवार्ड कार्यक्रम संयोजक समेत रहेका महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.)ले अवार्ड कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

चालक दलका सदस्य सहित ७२ जना सवार यतीको विमान पोखरामा दुर्घटना ,उद्धार कार्य जारि

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सहित पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमान आइतबार बिहान पोखरामा दुरघटनाग्रस्त भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।