logo

महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आगामी आइतवार हुँदै

    1156   पटक पढिएको


२६ फागुन/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी संघको २४ औं साधारण सभा र एफक्यान एक्सिलेन्स अवार्ड समारोह आगामी आइतवार  राजधानीमा आयोजना हुने भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महासंघको साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम तय भएको महासंघले जनाएको छ ।
साधारण सभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ विशिष्ट अतिथिको रुपमा सहभागी हुने महासंघका महासचिव रोशन दाहालद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ ।
साधारण सभामा देशभरबाट करीब ११ सय प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागी हुने भएका छन् । साधारण सभाको उद्घाटन सत्रमा प्रधानमन्त्री प्रचण्डले निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरूको लेख रचना एवं महासंघका गतिविधि समेटिएको ‘निर्माण विशेषाङ्क’ स्मारिकाको विमोचन गर्ने महासंघले जनाएको छ ।
साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । आइतवार बेलुका नै उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना गरिने महासंघले जनाएको छ ।

समारोहमा निर्माण उद्योगको प्रर्वद्धनमा उल्लेखनीय योगदान दिने, उत्कृष्ट कार्य गर्ने निर्माण कम्पनी सहित भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिने सञ्चार माध्यमहरूलाई गरी कुल ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । काठमाडौं घोषणा पत्र जारी गर्दै साधारण सभा आगामी सोमवार सम्पन्न हुने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।