logo

उद्योग वाणिज्य महासंघको नेतृत्व ठूला व्यापारिक घरानाभन्दा बाहिर हुनुपर्छ:पूर्व अध्यक्ष ढकाल

    1102   पटक पढिएको


१८ फागुन/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्व ठूला व्यापारिक घरानाबाट हुन नहुने बताएका छन् ।
सुनसरीको इटहरी उद्योग वाणिज्य संघको पदस्थापन कार्यक्रममा ढकालले महासंघको नेतृत्व ठूला व्यापारिक घरानाबाट हुँदा आफ्नो व्यापारिक घरानाको कामको चापले पनि व्यावसायीको हितमा काम गर्न असहज हुने बताए । उनले दक्ष, पढेलेखेको तर व्यापारीको लागि काम गर्न सक्ने व्यत्ति नेतृत्वमा जानुपर्ने तर्क गरे ।
सार्क व्यापार संघका सदस्यसमेत रहेका ढकालले उद्योग वाणिज्य महासंघको पछिल्लो गतिविधिले व्यावसायीलाई अभिभावकविहीन भएको महसुस गराएको बताए । देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भएको भन्दै ढकालले राजनीतिक अस्थिरता, भूकम्प, कोरोना महामारी जस्ता समस्याले अर्थतन्त्रलाई थप अस्थिर बनाएको उल्लेख गरे ।
विगत २३ वर्षदेखि देशको अर्थतन्त्र असरल्ल अवस्थाबाट गुज्रिएको बताउँदै उनले विदेशी दातृ निकायको सहयोग रोकिएको खण्डमा देश श्रीलंकाको अवस्थामा पुग्ने जिकिर गरे ।
८ प्रतिशतमा लिएको ऋणको व्याज १८ प्रतिशत हुँदासमेत राज्यका निकायहरु व्यावसायीलाई परेको समस्याको बारेमा बुझ्न तयार नभएको भन्दै उनले अबको नेतृत्वले माथिको अपेक्षा नगरि काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य टंक दुलालले उद्योग वाणिज्य संघले सचिवालयलाई व्यवस्थित बनाउनु पर्ने धारणा राखे ।
उनले उद्योग वाणिज्य संघले पछिल्लो समय व्यवसायीक ट्रयाक छाडेको हो कि भन्ने आशंका उब्जिएको भन्दै उद्योग क्षेत्रमा भएका समस्या र उद्योगहरु पलायन हुनाको जरो पत्ता लगाउन आवश्यक रहेको बताए ।
इटहरी उद्योग वाणिज्य संघका नव निर्बाचित अध्यक्ष जीवन पराजुलीले आफ्नो कार्यकालको पहिलो काम बैंकको व्याजदर र इटहरीको पार्किङ्ग व्यवस्थापनतर्फ हुने बताए ।
नयाँ निर्वाचित कार्यकारिणी समितिको पदस्थापन कार्यक्रमपछि अध्यक्ष पराजुलीले इटहरी उद्योग वाणिज्य संघले शहर सौन्दर्यकरणको नाममा भएको पार्किङ निषेधको समस्याले धेरै व्यावसायी आक्रान्त भएको भन्दै त्यसको समाधानका लागि इटहरीको स्थानीय सरकारसँग बसेर समस्याको निराकरण गर्न आफू लागि पर्ने बताए ।

इटहरीमा मेला महोत्सव गर्न स्थान अभाव भएको भन्दै त्यसको समाधानका लागि प्रादेशिक प्रदर्शनी स्थलको निर्माणको पहल गर्ने, इटहरीमा व्यापार प्रवद्र्धनका लागि ट्रेड फेयर तथा बेरोजगारहरुको लागि जव फेयरको आयोजना गर्नुकासाथै व्यावसायीहरुको लागि निःशुल्क राजस्व र लेखासम्बन्धि परामर्श दिने योजना नव निर्वाचित कार्यसमितिले तयार गरेका छन्।
उद्योग वाणिज्य संघ इटहरीका पूर्वअध्यक्ष भीमबहादुर पौडेलले आफ्नो कार्यकालमा इटहरीको आवश्यकतालाई महशुस गर्दै सार्वजनिक शौचालय हस्तान्तरण गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।