logo

सात महिनामै विभिन्न शीर्षकमा २१ अर्ब २० करोड ६५ लाख रुपैयाँ निकासा, एनसेलसँग मुद्धा लड्नदेखि धरौटी फिर्तासम्म खर्च

    617   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार– सरकारले चालु आर्थिक वर्षको वितेका सात महिनाको अवधीमा विभिन्न शीर्षकमा गरि २१ अर्व २० करोड ६५ लाख रूपैयाँ निकासा गरेको छ । जसमध्ये विविध शिर्षकमा सवा २१ करोड रुपैयाँ निकासा दिएको छ ।
अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वितेका ७ महिनाको तथ्यांक अनुसार सो अवधीमा २१ अर्व २० करोड ६५ लाख रूपैयाँ निकासा गरेको देखिएको हो ।
अर्थमन्त्रालयको तथ्यांक अनुसार साउन महिनामा २५ हजार, भदौ महिनामा १७ मन्त्रालयलाई २ अर्ब २५ करोड २४ लाख रुपैयाँ , असोज महिनामा ७ वटा मन्त्रालयका लागि ८८ करोड ३५ लाख ८९ हजार रुपैयाँ निकासा गरिएको छ । यसैगरि, कार्तिक महिनामा १८ मन्त्रालयका लागि १७ अर्ब ३० करोड रुपैयाँ , मंसिर महिनामा १३ वटा मन्त्रालयका लागि ४२ करोड २१ लाख ८८ हजार रुपैयाँ निकासा भएको छ ।
त्यसैगरी, पुस महिनामा २३ वटा मन्त्रालयका लागि २ करोड ९२ लाख ९९ हजार रुपैयाँ र माघ महिनामा ८ वटा मन्त्रालयका लागि ५ करोड ४५ लाख रुपैयाँ निकासा गरेको पाईएको छ ।
सोही अवधीमा एजक्जयाटा (युके) र एनसेलसँग मुद्धा दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई २ करोड ६० लाख रुपैयाँ निकासा दिईएको छ । अर्थ मन्त्रालयले असोज महिनामा एनसेल प्रालिले दायर गरेको मुद्धाको प्रतिरक्षा र मध्यस्थता शुल्क वापतको रकम थप सेवा शुल्क भुक्तानी गर्ने प्रयोजनार्थ नेपाली दूताबास वासिङटन अमेरिकालाई निकासा दिएको हो ।
यसैगरि, अर्थ मन्त्रालयले सो अवधीमा विभिन्न व्यक्तिले धरौटीमा राखेको रकम फिर्ताको सिफारिस समेत गरेको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।