logo

सात महिनामै विभिन्न शीर्षकमा २१ अर्ब २० करोड ६५ लाख रुपैयाँ निकासा, एनसेलसँग मुद्धा लड्नदेखि धरौटी फिर्तासम्म खर्च

    922   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार– सरकारले चालु आर्थिक वर्षको वितेका सात महिनाको अवधीमा विभिन्न शीर्षकमा गरि २१ अर्व २० करोड ६५ लाख रूपैयाँ निकासा गरेको छ । जसमध्ये विविध शिर्षकमा सवा २१ करोड रुपैयाँ निकासा दिएको छ ।
अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वितेका ७ महिनाको तथ्यांक अनुसार सो अवधीमा २१ अर्व २० करोड ६५ लाख रूपैयाँ निकासा गरेको देखिएको हो ।
अर्थमन्त्रालयको तथ्यांक अनुसार साउन महिनामा २५ हजार, भदौ महिनामा १७ मन्त्रालयलाई २ अर्ब २५ करोड २४ लाख रुपैयाँ , असोज महिनामा ७ वटा मन्त्रालयका लागि ८८ करोड ३५ लाख ८९ हजार रुपैयाँ निकासा गरिएको छ । यसैगरि, कार्तिक महिनामा १८ मन्त्रालयका लागि १७ अर्ब ३० करोड रुपैयाँ , मंसिर महिनामा १३ वटा मन्त्रालयका लागि ४२ करोड २१ लाख ८८ हजार रुपैयाँ निकासा भएको छ ।
त्यसैगरी, पुस महिनामा २३ वटा मन्त्रालयका लागि २ करोड ९२ लाख ९९ हजार रुपैयाँ र माघ महिनामा ८ वटा मन्त्रालयका लागि ५ करोड ४५ लाख रुपैयाँ निकासा गरेको पाईएको छ ।
सोही अवधीमा एजक्जयाटा (युके) र एनसेलसँग मुद्धा दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई २ करोड ६० लाख रुपैयाँ निकासा दिईएको छ । अर्थ मन्त्रालयले असोज महिनामा एनसेल प्रालिले दायर गरेको मुद्धाको प्रतिरक्षा र मध्यस्थता शुल्क वापतको रकम थप सेवा शुल्क भुक्तानी गर्ने प्रयोजनार्थ नेपाली दूताबास वासिङटन अमेरिकालाई निकासा दिएको हो ।
यसैगरि, अर्थ मन्त्रालयले सो अवधीमा विभिन्न व्यक्तिले धरौटीमा राखेको रकम फिर्ताको सिफारिस समेत गरेको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।