logo

७ महिनामा ९ खर्ब १९ अर्बको आयात, व्यापारघाटा सवा ८ खर्ब

    666   पटक पढिएको


१० फागुन/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका ७ महिनाको अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु आयात गरेको छ । नेपालले गत वर्षको सोही अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा आयात १९.९० प्रतिशतले घटेको छ । सरकारले उच्च आयातका कारण तरलता अभाव भएको भन्दै आयातमा कडाइ गरेको थियो । जसले गर्दा गत वर्षको तुलनामा यो वर्ष आयात घटेको हो ।
आयातसँगै नेपालको निर्यात पनि घटेको छ । नेपालले गत वर्षको ७ महिनाको अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । तर, यो वर्षको सोही अवधिमा नेपालले ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ । जुन २९.०३ प्रतिशतले कम हो ।
त्यसैगरी, नेपालले चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । गत वर्ष नेपालले सोही अवधिमा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो।
यसैगरि, नेपालले ७ महिनाको अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
यसैगरि, नेपालले ७ महिनाको अवधिमा २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।