logo

सुन आयातमा लगाएको बन्देज हटाउन व्यवसायीको माग

    627   पटक पढिएको


८ फागुन/अर्थ र व्यापार – नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाएको बन्देज हटाउन माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सोमबार सयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन ।
उनीहरुले सरकारले पछिल्लो समय १० किलो मात्र सुन आयात गरिदिँदा उपभोक्ताको आवश्यकता पूरा गर्न नसकिएको भन्दै कोटा बढाउन माग गरेका छन् ।
बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारिमा र अफ सिजनको समयमा पनि झण्डै १० देखि १५ किलोको हाराहारिमा कच्चा सुनको माग हुने गरेको भए पनि हाल दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले उपभोक्ताको आवश्यकता पूरा गर्न कठीन छ ’ नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले भने ।
विधिवत तरिकाले बैंकवाट आउने सुनवाहेक विदेशवाट आउने नेपालीहरुले विना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने व्यवस्था भएपनि सो अनुसार हुन नसकेकोे व्यवसायीको गुनासो छ ।

विदेशबाट आउने नेपालीहरुले सुन ल्याउँदा प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने व्यवसायीहरुलाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यस्तै महासंघले राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायी लाई अपराधि जस्तो व्यवहार गर्न थालेको बताएको छ । सरकारले अनुसन्धानका नाममा अनावश्यक दुःख दिने गरेको भन्दै महासंघले ब्यवसायीलाई आतंकित नबनाउन आग्रह गरेको छ ।
राज्यको नियम अनुसार दर्ता गरी बसेका व्यवसायीहरूलाई हतोत्साहित बनाउनुका साथै सिङगो पेसा प्रति नै वितृष्णा पैदा गरेको सुनचाँदी व्यवसायीले आरोप लगाएका छन् ।
व्यवसायीहरुले निर्वाध रुपमा राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा ब्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फवाट प्रष्ट मापदण्ड ऐन, कानून बनाई शिघ्र लागु गर्न माग गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले १३ वर्ष अघिको कोटा सिस्टम अन्त्य हुनुपर्ने बताउँदै सुनचाँदीको बजार पारदर्शी बनाउन माग गरे ।
उनले सुनचाँदी व्यवसायमा समस्या थपिदै गएकोले अब यथास्थितीमा बजार चल्न नसक्ने अवस्थामा पुगेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।