logo

दशककै उच्च ब्याजदर वैशाखबाट घट्ने

    912   पटक पढिएको


८ फागुन/अर्थ र व्यापार – वाणिज्य बैंकहरूले कर्जामा लिने औसत ब्याजदर एक दशकपछि फेरि उच्च भएको छ ।
पछिल्लो एक दशकमा वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर विश्लेषण गर्दा चालू वर्ष पुससम्मको औसत ब्याजदर पछिल्लो दशककै उच्च हो ।
२०६९ असारमा १३.६ प्रतिशत हरेको ब्याजदर २०७९ पुसमा आइपुग्दा १२.७९ प्रतिशत पुगेको छ। यसले एक दशकमा ब्याजदर उतारचढाव झल्काउँछ ।

२०७२/७३ मा ८.८६ प्रतिशत रहेको ब्याजदर बिस्तारै बढ्ने क्रम सुरु हुँदै २०७४/७५ मा १२.२९ प्रतिशत पुगेको थियो। त्यसपछि घट्न थालेको ब्याजदर २०७७/७८ मा ८.४३ प्रतिशतमा सीमित भयो। कोरोना महामारी अवधिमा ऋणको माग नभएपछि बैंकहरूले ब्याजदर घटाउन थालेका थिए। जब ऋणको ब्याज घट्न थाल्छ, त्यसपछि कर्जाको माग बढ्ने अवस्था आउँछ।
उत्पादनमूलक क्षेत्रभन्दा अन्य क्षेत्रमा उच्च कर्जा माग भएपछि नेपाल राष्ट्र बैंकले २०७८/७९ को मौद्रिक नीतिबाट नै ब्याज बढाउने रणनीति लिएको थियो। जसको परिणाम २०७८/७९ मा ब्याजदर ११.६२ प्रतिशत पुग्यो भने चालू २०७९/८० पुससम्म पनि ब्याजदर बढिरहेकै थियो।
तर, चालू वर्षको मौद्रिक नीति अर्धवार्षिक समीक्षाले ‘ओभरनाइट’ तरलता सुविधाको ब्याजदर १.५ प्रतिशत बिन्दुले घटाएको छ। त्यसो त नेपाल बैंकर्स संघले पुसमसान्तमै माघदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १.१३ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको थियो। तर,पुसमा बैंकहरूको औसत ब्याजदर बढिरहेका कारण माघदेखि कर्जाको ब्याजदर भने केही बढिसकेको छ। राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाको प्रभाव र वाणिज्य बैंकले निक्षेपमा घटाएको ब्याजदरको प्रभाव आगामी वैशाखमा देखिने छ।
वैशाखमा सामान्यतः बैंकहरूको आधारदर घट्ने र त्यसले ब्याजदरको प्रभाव सकारात्मक बनाउने आँकलन गर्न सकिन्छ। तर, त्यसका लागि अन्य कुरा यथावत हुनुपर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।