logo

दशककै उच्च ब्याजदर वैशाखबाट घट्ने

    662   पटक पढिएको


८ फागुन/अर्थ र व्यापार – वाणिज्य बैंकहरूले कर्जामा लिने औसत ब्याजदर एक दशकपछि फेरि उच्च भएको छ ।
पछिल्लो एक दशकमा वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर विश्लेषण गर्दा चालू वर्ष पुससम्मको औसत ब्याजदर पछिल्लो दशककै उच्च हो ।
२०६९ असारमा १३.६ प्रतिशत हरेको ब्याजदर २०७९ पुसमा आइपुग्दा १२.७९ प्रतिशत पुगेको छ। यसले एक दशकमा ब्याजदर उतारचढाव झल्काउँछ ।

२०७२/७३ मा ८.८६ प्रतिशत रहेको ब्याजदर बिस्तारै बढ्ने क्रम सुरु हुँदै २०७४/७५ मा १२.२९ प्रतिशत पुगेको थियो। त्यसपछि घट्न थालेको ब्याजदर २०७७/७८ मा ८.४३ प्रतिशतमा सीमित भयो। कोरोना महामारी अवधिमा ऋणको माग नभएपछि बैंकहरूले ब्याजदर घटाउन थालेका थिए। जब ऋणको ब्याज घट्न थाल्छ, त्यसपछि कर्जाको माग बढ्ने अवस्था आउँछ।
उत्पादनमूलक क्षेत्रभन्दा अन्य क्षेत्रमा उच्च कर्जा माग भएपछि नेपाल राष्ट्र बैंकले २०७८/७९ को मौद्रिक नीतिबाट नै ब्याज बढाउने रणनीति लिएको थियो। जसको परिणाम २०७८/७९ मा ब्याजदर ११.६२ प्रतिशत पुग्यो भने चालू २०७९/८० पुससम्म पनि ब्याजदर बढिरहेकै थियो।
तर, चालू वर्षको मौद्रिक नीति अर्धवार्षिक समीक्षाले ‘ओभरनाइट’ तरलता सुविधाको ब्याजदर १.५ प्रतिशत बिन्दुले घटाएको छ। त्यसो त नेपाल बैंकर्स संघले पुसमसान्तमै माघदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १.१३ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको थियो। तर,पुसमा बैंकहरूको औसत ब्याजदर बढिरहेका कारण माघदेखि कर्जाको ब्याजदर भने केही बढिसकेको छ। राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाको प्रभाव र वाणिज्य बैंकले निक्षेपमा घटाएको ब्याजदरको प्रभाव आगामी वैशाखमा देखिने छ।
वैशाखमा सामान्यतः बैंकहरूको आधारदर घट्ने र त्यसले ब्याजदरको प्रभाव सकारात्मक बनाउने आँकलन गर्न सकिन्छ। तर, त्यसका लागि अन्य कुरा यथावत हुनुपर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।