logo

पाँच करोडको कारोबार गर्दै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न, स्वदेशी वस्तुको बजारीकरणमा अर्थमन्त्रीको जोड

    439   पटक पढिएको

७ फागुन/अर्थ र व्यापार – गत २ फागुनदेखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालित ‘नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला’ सम्पन्न भएको छ । ६ दिनसम्म चलेको सो मेलामा करिब पाँच करोड रुपैयाँको बराबरको कारोबार भएको छ । मेला अवधीभर करिब साढे दुईलाख अवलोकनकर्ताले सहभागिता जनाएको मेला आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उदेस्यले सञ्चालित यस व्यापार मेला समापन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पोडेलले स्वदेशमा उत्पादीत बस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता भएको बताए । यो मेलाले देशभरकै उद्यमीहरुलाई आफ्ना उत्पादनको प्रचार प्र्र्र्रसारमा सहयोग पु¥याउने भन्दै उनले देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणकालागि पनि यस्तो मेला निकै उपयोगी र फलदायी हुने बताए ।
घरेलु उद्यमी तथा उनीहरुका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा नेपाल सरकार अर्थ मन्त्रालय सहयोग गर्न सधै तयार रहेको अर्थमन्त्री पौडेलको भनाई थियो ।
मेला आयोजक संस्था घरेलु महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाई रहँदा रहँदै पनि उपप्रधान तथा अर्थमन्त्री पौडेल र उद्यमीहरुको सहयोग गर्ने आश्वासनले यो मेला आयोजना गरिएको बताए । उनले यस मेलाले देशभरकै स्वदेशी उत्पादन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याउने दावी गरे । उनले निजी क्षेत्रले आयोजना गरेको यस्ता कार्यक्रममा सरकार स्वदेशी उत्पादन तथा बजारीकरणकालागि थप सहयोगी हुनुपर्ने धारणा राखे ।
मेला संयोजक शोभा गुरुङले यस मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिंदै देशको औद्योगिक क्रान्तिमा घरेलु उद्यमीहरुले गरेको योगदानको उचित कदर हुन नसकेको बताइन् । उनले स्वदेशी उत्पादनको प्रवद्र्धनकालागि आयोजित यस मेलामा कति खरीदबिक्री भयो, कति मान्छे आए भन्नु भन्दा पनि स्वदेशी वस्तुको बजारीकरण कति हुन सक्यो त्यो नै महत्वपूर्ण रहेको बताइन् ।
उनले सरकारले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्घता गरेकोले र सबै उद्यमी व्यवसायीको सहयोगमा आगामी दिनमा पनि महासंघले यस्तो मेला आयोजना गर्दै जाने लक्ष्य लिएको बताइन् । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक पनि राम्रोसित सम्पन्न भएको उनको भनाई थियो ।
सो मेलामा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको थियो ।
प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्नालीको अन्नी) सेटमा जौको लड्डू, फापरको मः मः,मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरुले निकै मन पराएका थिए ।
यसैगरी, राउटे समुदायले बनाएका काठका सामग्रीहरु, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादन लगायतका सामग्रीमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको थियो ।
मुलुकभरका झण्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरु र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्वित गर्ने यस प्रदर्शनीको मुख्य उदेस्य थियो । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं र मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको ’ भन्ने नाराका साथ सम्पन्न भएको यस मेलामा मुलुकभरका व्यवसायी सहभागी भएका थिए ।
समापन कार्यक्रममा मेलामा सहभागी उद्यमीहरुमध्येबाट उत्कृष्ट उद्यमीहरुलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा हिमालयन अर्गानिक गार्डेन माडी, चितवन प्रथम, फरेष्ट हेम्प इण्डस्ट्रिज प्रालि, बुढानिलकण्ठ काठमाडांै द्धितीय, तामाङ्ग झोला तथा राडीपाखी उद्योग जुम्ला तृतीय भएको थियो । यसैगरि, सान्त्वनातर्फ हिमालय अल्लो तथा सूती कपडा उद्योग संंखुवासभा, मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग मुस्ताङ्ग, सेमी घरेलु ढाका उद्यौग धनकुटा, कल्पना बेम्बो हाण्डिक्र्याफ्ट ललितपुर पुरस्कृत भएका थिए ।
मेला समापन कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी, सल्लाहकार वासु गिरी, बरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बर प्रसाद रेग्मी, काठमाडौं जिल्ला अध्यक्ष पद्यमकुमारी कार्की, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, अर्गानिक एसोसिएसनका अध्यक्ष दिपक प्रकाश बाँस्कोटा लगायतले आ आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।