logo

तातोपानी भन्सार नाकामा नेपाल र चिनियाँ अधिकारीबीच भयो छलफल

    913   पटक पढिएको


५ फागुन/अर्थ र व्यापार – नेपाल र चीनबीचको सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन नेपाल र चीनका अधिकारीहरुबीच सहमत भएका छन् । सिन्धुपाल्चोकको तातोपानी स्थित मितेरी पुलमा नेपाल–चीनका जिल्लास्तरीय सुरक्षा संयत्रको बैठकमा यस्तो समझदारी भएको हो ।
कोभिड–१९ महामारी पछि पहिलो पटक भएको प्रत्यक्ष वार्तामा दुई देशका अधिकारीहरु सीमा सुरक्षा, आपसी हित र व्यापार प्रबर्द्धनका विषयमा छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
दुई देशको सीमामा आपराधिक क्रियाकलाप हुन नदिने, एक अर्काको हितका लागि हुने कार्यहरु आपसी समझादारीमा गर्ने विषयमा छलफल केन्द्रित भएको जानकारि गराउँदै प्रजिअ न्यौपानेले भने,‘लामो ग्यापपछि बैठक भएकाले अहिले समझदारी मात्रै भएको छ । विस्तारै अन्य विषयहरुमा पनि छलफल अघि बढ्छ ।’ उनले नेपालको चाहना अनुसार व्यापार अभिवृद्धि गर्न, पर्यटन गतिविधि सञ्चालन गर्न चिनियाँ पक्ष सकारात्मक रहेको बताए ।
सो बैठकमा नेपालका तर्फबाट प्रजिअ न्यौपानेको नेतृत्वमा सुरक्षा र अध्यगमन सहितका ६ जना प्रतिनिधी र चिनियाँ पक्षबाट समकक्षी ज्याङ्जुङको नेतृत्वमा ६ सदस्य टोली सिमा सुरक्षा एवं व्यापार विस्तारबारे छलफलमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।