logo

तातोपानी भन्सार नाकामा नेपाल र चिनियाँ अधिकारीबीच भयो छलफल

    677   पटक पढिएको


५ फागुन/अर्थ र व्यापार – नेपाल र चीनबीचको सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन नेपाल र चीनका अधिकारीहरुबीच सहमत भएका छन् । सिन्धुपाल्चोकको तातोपानी स्थित मितेरी पुलमा नेपाल–चीनका जिल्लास्तरीय सुरक्षा संयत्रको बैठकमा यस्तो समझदारी भएको हो ।
कोभिड–१९ महामारी पछि पहिलो पटक भएको प्रत्यक्ष वार्तामा दुई देशका अधिकारीहरु सीमा सुरक्षा, आपसी हित र व्यापार प्रबर्द्धनका विषयमा छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
दुई देशको सीमामा आपराधिक क्रियाकलाप हुन नदिने, एक अर्काको हितका लागि हुने कार्यहरु आपसी समझादारीमा गर्ने विषयमा छलफल केन्द्रित भएको जानकारि गराउँदै प्रजिअ न्यौपानेले भने,‘लामो ग्यापपछि बैठक भएकाले अहिले समझदारी मात्रै भएको छ । विस्तारै अन्य विषयहरुमा पनि छलफल अघि बढ्छ ।’ उनले नेपालको चाहना अनुसार व्यापार अभिवृद्धि गर्न, पर्यटन गतिविधि सञ्चालन गर्न चिनियाँ पक्ष सकारात्मक रहेको बताए ।
सो बैठकमा नेपालका तर्फबाट प्रजिअ न्यौपानेको नेतृत्वमा सुरक्षा र अध्यगमन सहितका ६ जना प्रतिनिधी र चिनियाँ पक्षबाट समकक्षी ज्याङ्जुङको नेतृत्वमा ६ सदस्य टोली सिमा सुरक्षा एवं व्यापार विस्तारबारे छलफलमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।