logo

बीमालेख धितो राखेर ऋण लिने बढे, आधावर्षमै ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह

    947   पटक पढिएको


४ फागुन/अर्थ र व्यापार – पछिल्लो समय जीवन बीमा कम्पनीहरुको बीमालेख धितो राखेर कर्जा लिनेहरुको संख्या ह्वात्तै बढेको छ । संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वितेका ६ महिना गत पुस मसान्तसम्मको अवधीमा ७८ अर्ब रुपैयाँ भन्दा बढी बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।
पछिल्लो समय बीमालेख धितो राखी कर्जा लिनेको संख्यामा यसरी बढोत्तरी देखिएको पाईएको हो । बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनले यस्तो अवस्था देखाएको हो ।
चालु आवको पुस मसान्तसम्ममा कम्पनीहरुले बीमालेख धितो कर्जा ३६.९० प्रतिशतले वृद्धि भई ७८ अर्ब २१ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा भने विभिन्न विमा कम्पनीहरुले कुल ५७ अर्ब १२ करोड ६७ लख ७४ हजार रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका थिए ।
जीवन बीमा कम्पनीहरुबाट बीमितले बीमालेख धितो राखी सम्वन्धित कम्पनीबाट कर्जा लिनपाइने व्यवस्था रहेको छ । बीमालेख बाहेक अन्यकुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्ने पनि व्यवस्था रहेको छ ।
जीवन बीमा लेख सम्बन्धी निर्देशिका, २०७८ बमोजिम बीमा सुरु भएको तीनवर्ष पूरा पुगेपछि बीमालेख धितो राखीकर्जा लिन पाउने व्यवस्था छ ।
चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै बीमालेख धितो कर्जा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले लिएका छन् ।
सो अवधिमा कम्पनीका बीमितले आफ्नो बीमालेख धितो राखी २७ अर्ब ८९ करोड ८५ लाख ९७ हजार रुपैयाँ कर्जा लिएका छन् । गत वर्षको पुस मसान्तसम्मको तुलनामा कम्पनीको यस्तो कर्जा प्रवाह २८.६९ प्रतिशतले बढेको हो ।
गत वर्षको सोही अवधिमा कम्पनीले बीमितले आफ्नो बीमालेख धितो राखी २१ अर्ब ६७ करोड ८४ लाख १० हजार रुपैयाँ ऋण लिएका थिए ।
चालु आवको ६ महिनामा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमालेख धितो मार्फत बीमितलाई २० अर्ब ८० करोड ८५ लाख ९७ हजार रुपैयाँ कर्जा दिएको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३३.०३ प्रतिशतले बढी हो । कम्पनीका बीमितले गत वर्षको सोही अवधिमा आफ्नो बीमालेख धितो राखी १५ अर्ब ६४ करोड १६ लाख रुपैयाँ ऋण लिएका थिए ।
चालु आवको दोस्रो त्रैमासमा नेशन लाइफसहित आठ वटा कम्पनीका बीमितले आफ्नो बीमालेख धितो राखी १ अर्बभन्दा बढी ऋण लिएका छन् । सो अविधमा नेशनल लाइफका बीमितले ९ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ बीमालेख धितो राखी कर्जा लिएको देखिएको छ । जुन गत वर्षको पुस मसान्तसम्मका तुलनामा भने ३६.२६ प्रतिशतले बढी हो । सो अवधिमा एशिन लाइफका बीमितले आफ्नो बीमालेख धितो राखी ४ अर्ब ५२ करोड १६ लाख रुपैयाँ, सूर्यज्योतिका बीमितले ३ अर्ब २९ करोड ८९ लाख रुपैयाँ ऋण लिएका छन् ।
यस्तै, चालु आवको ६ महिनामा राष्ट्रिय बीमा संस्थानले बीमालेख धितो मार्फत आफ्ना बीमितलाई २ अर्ब ५३ करोड ५ लाख, प्राइमले २ अर्ब ४८ करोड २४ लाख, मेट लाइफले १ अर्ब ४२ करोड १३ लाख, गुराँस लाइफले १ अर्ब ३२ करोड र युनियन लाइफले १ अर्ब २४ करोड १० लाख रुपैयाँ कर्जा दिएका छन् ।
चालु आवको ६ महिनामा रिलायवल लाइफले बीमालेख मार्फत सबैभन्दा कम कर्जा प्रवाह गरेको छ । कम्पनीले सो अवधिमा बीमालेख धितो राखेर बीमितलाई २१ करोड ५० लाख रुपैयाँ ऋण दिएको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने यस्तो कर्जा प्रवाह १२१.२४ प्रतिशतले बढी हो ।
सो अवधिमा रिलायन्स लाइफले बीमालेख मार्फत आफ्ना बीमितलाई ६२ करोड ८७ लाख, प्रभुले ५१ करोड ६० लाख, सन नेपालले ४२ करोड ४५ लाख र सिटिजन लाइफले ४२ करोड ७ लाख रुपैयाँ कर्जा दिएको छ ।
यसैगरि, सो अवधिमा महालक्ष्मी लाइफले २६ करोड ३० लाख रुपैयाँ र सानिमा लाइफले २३ करोड ९१ लाख रुपैयाँ बीमालेख धितो मार्फत आफ्ना बीमितलाई कर्जा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।