logo

बीमालेख धितो राखेर ऋण लिने बढे, आधावर्षमै ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह

    688   पटक पढिएको


४ फागुन/अर्थ र व्यापार – पछिल्लो समय जीवन बीमा कम्पनीहरुको बीमालेख धितो राखेर कर्जा लिनेहरुको संख्या ह्वात्तै बढेको छ । संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वितेका ६ महिना गत पुस मसान्तसम्मको अवधीमा ७८ अर्ब रुपैयाँ भन्दा बढी बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।
पछिल्लो समय बीमालेख धितो राखी कर्जा लिनेको संख्यामा यसरी बढोत्तरी देखिएको पाईएको हो । बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनले यस्तो अवस्था देखाएको हो ।
चालु आवको पुस मसान्तसम्ममा कम्पनीहरुले बीमालेख धितो कर्जा ३६.९० प्रतिशतले वृद्धि भई ७८ अर्ब २१ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा भने विभिन्न विमा कम्पनीहरुले कुल ५७ अर्ब १२ करोड ६७ लख ७४ हजार रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका थिए ।
जीवन बीमा कम्पनीहरुबाट बीमितले बीमालेख धितो राखी सम्वन्धित कम्पनीबाट कर्जा लिनपाइने व्यवस्था रहेको छ । बीमालेख बाहेक अन्यकुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्ने पनि व्यवस्था रहेको छ ।
जीवन बीमा लेख सम्बन्धी निर्देशिका, २०७८ बमोजिम बीमा सुरु भएको तीनवर्ष पूरा पुगेपछि बीमालेख धितो राखीकर्जा लिन पाउने व्यवस्था छ ।
चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै बीमालेख धितो कर्जा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले लिएका छन् ।
सो अवधिमा कम्पनीका बीमितले आफ्नो बीमालेख धितो राखी २७ अर्ब ८९ करोड ८५ लाख ९७ हजार रुपैयाँ कर्जा लिएका छन् । गत वर्षको पुस मसान्तसम्मको तुलनामा कम्पनीको यस्तो कर्जा प्रवाह २८.६९ प्रतिशतले बढेको हो ।
गत वर्षको सोही अवधिमा कम्पनीले बीमितले आफ्नो बीमालेख धितो राखी २१ अर्ब ६७ करोड ८४ लाख १० हजार रुपैयाँ ऋण लिएका थिए ।
चालु आवको ६ महिनामा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमालेख धितो मार्फत बीमितलाई २० अर्ब ८० करोड ८५ लाख ९७ हजार रुपैयाँ कर्जा दिएको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३३.०३ प्रतिशतले बढी हो । कम्पनीका बीमितले गत वर्षको सोही अवधिमा आफ्नो बीमालेख धितो राखी १५ अर्ब ६४ करोड १६ लाख रुपैयाँ ऋण लिएका थिए ।
चालु आवको दोस्रो त्रैमासमा नेशन लाइफसहित आठ वटा कम्पनीका बीमितले आफ्नो बीमालेख धितो राखी १ अर्बभन्दा बढी ऋण लिएका छन् । सो अविधमा नेशनल लाइफका बीमितले ९ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ बीमालेख धितो राखी कर्जा लिएको देखिएको छ । जुन गत वर्षको पुस मसान्तसम्मका तुलनामा भने ३६.२६ प्रतिशतले बढी हो । सो अवधिमा एशिन लाइफका बीमितले आफ्नो बीमालेख धितो राखी ४ अर्ब ५२ करोड १६ लाख रुपैयाँ, सूर्यज्योतिका बीमितले ३ अर्ब २९ करोड ८९ लाख रुपैयाँ ऋण लिएका छन् ।
यस्तै, चालु आवको ६ महिनामा राष्ट्रिय बीमा संस्थानले बीमालेख धितो मार्फत आफ्ना बीमितलाई २ अर्ब ५३ करोड ५ लाख, प्राइमले २ अर्ब ४८ करोड २४ लाख, मेट लाइफले १ अर्ब ४२ करोड १३ लाख, गुराँस लाइफले १ अर्ब ३२ करोड र युनियन लाइफले १ अर्ब २४ करोड १० लाख रुपैयाँ कर्जा दिएका छन् ।
चालु आवको ६ महिनामा रिलायवल लाइफले बीमालेख मार्फत सबैभन्दा कम कर्जा प्रवाह गरेको छ । कम्पनीले सो अवधिमा बीमालेख धितो राखेर बीमितलाई २१ करोड ५० लाख रुपैयाँ ऋण दिएको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने यस्तो कर्जा प्रवाह १२१.२४ प्रतिशतले बढी हो ।
सो अवधिमा रिलायन्स लाइफले बीमालेख मार्फत आफ्ना बीमितलाई ६२ करोड ८७ लाख, प्रभुले ५१ करोड ६० लाख, सन नेपालले ४२ करोड ४५ लाख र सिटिजन लाइफले ४२ करोड ७ लाख रुपैयाँ कर्जा दिएको छ ।
यसैगरि, सो अवधिमा महालक्ष्मी लाइफले २६ करोड ३० लाख रुपैयाँ र सानिमा लाइफले २३ करोड ९१ लाख रुपैयाँ बीमालेख धितो मार्फत आफ्ना बीमितलाई कर्जा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।