logo

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण

    713   पटक पढिएको

२ फागुन/अर्थ र व्यापार – सरकारले चालू आर्थिक वर्ष २०७९/८० को छ महिनामा ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन्।
अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब रूपैयाँ आन्तरिक र २६ अर्ब ४६ करोड रूपैयाँ बाह्य ऋण उठाएको छ।
चालू आवका लागि सरकारले २ खर्ब ५६ अर्ब रूपैयाँ बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो। जसबाट वार्षिक बजेटको १४ दशमलव तीन प्रतिशत स्रोत बेहोर्ने सरकारको योजना थियो । तर, गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब रूपैयाँ बराबर मात्रै आन्तरिक ऋण उठाएको छ।
यो अवधिमा संघीय सरकारले लिएको आन्तरिक ऋणमध्ये १५ अर्ब रूपैयाँको एक वर्षे ट्रेजरी बिल, ८ अर्ब रूपैयाँको दुई वर्षे विकास ऋणपत्र, २ अर्ब रूपैयाँको तीनवर्षे विकास ऋणपत्र र ५ अर्ब रूपैयाँको चारवर्षे ऋणपत्र जारी भएका छन् । सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने ८३ अर्ब ३ करोड रूपैयाँ बराबर छ।
चालू आवका लागि ५५ अर्ब ४५ करोड ८३ लाख रूपैयाँ बराबर अनुदान र २ खर्ब ४२ अर्ब रूपैयाँ बराबर बाह्य ऋण लिने सरकारको योजना थियो । गत पुस मसान्तसम्म सरकारले लिएको वैदेशिक अनुदानको वास्तविक प्राप्ति भने ८ अर्ब १२ करोड र कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड रूपैयाँबराबर छ। तर सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋणतर्फ १ खर्ब १४ अर्ब रूपैयाँबराबर प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
विकास पूर्वाधार आयोजनाको कार्यान्वयन प्रभावकारी हुन नसक्दा वैदेशिक अनुदान र ऋण लक्ष्यअनुसार लिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ । ‘कमजोर आयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण वैदेशिक सहायतामा सञ्चालित आयोजना कार्यान्वनयमा सुस्तता आई पुँजीगत खर्च न्यून हुन गएकाले त्यसको प्रभाव विकास साझेदारले गर्ने सोझै भर्ना तथा शोधभर्ना रकममा पर्न गएको रसमीक्षा अवधिमा वैदेशिक सहायता परिचालन न्यून भएको हो’ बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ।
चालू आवको पहिलो तीन महिनासम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड रूपैयाँ बराबर छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो तीन
महिनाको प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको देखिन्छ । गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रूपैयाँ थियो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो तीन महिनामा नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रूपैयाँ छ भने आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रूपैयाँ बराबर छ। यो आँकडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण २४ अर्ब ३८ करोड रूपैयाँले बढेको र आन्तरिक ऋण २९ अर्ब ८३ करोड रूपैयाँले घटेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।