logo

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम, तोलामै १ लाख ७ हजार ५०० रुपैयाँ पुग्यो

    667   पटक पढिएको


१९ माघ/अर्थ र व्यापार – नेपाली बजारमा सुनको मूल्यले बिहीबार (माघ १९ गते) नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि माघ १२ गते मात्रै सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो । अघिल्लो दिन अर्थात बुधबार छापावाल सुन प्रतितोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ कायम भएको छ । यसअघि तेजावी सुनको मुल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यसैगरी,चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
विश्व बजारमा सुनको माग बढिरहेको छ । विश्लेषकहरुले मूल्य अझै बढ्दै जान सक्ने भविष्यवाणीहरु गरिरहेका छन् । नेपालमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
नेपालमा महासंघले अन्तरर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।