१७ माघ/अर्थ र व्यापार – राष्ट्रिय योजना आयोगमा तीन जना नयाँ सदस्य नियुक्त भएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई नियुक्त गरेको हो।
ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सिइओ थिए। त्यस्तै शाक्य पूर्व राजदूत हुन् भने महत यसअघि कर्णाली प्रदेशले बनाएको विज्ञ समूहका सदस्य थिए । यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहालले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया