logo

क्रसर तथा खानी उद्योग बन्द गर्ने निर्णय अव्यवहारिक : क्रसर व्यवसायी रेग्मी

देशैभरका निर्माण आयोजनाको काम प्रभावित

    2012   पटक पढिएको


१० माघ/अर्थ र व्यापार– विभिन्न मापदण्ड बनाएर सरकारले अकस्मात क्रसर तथा खानी उद्योग बन्द गर्ने निर्णय गरेको भन्दै क्रसर व्यवसायी सुमन रेग्मीले असन्तुष्टी जनाएका छन । रेग्मी धादिङका क्रसर व्यवसायी हुन ।
हचुवाको भरमा देशैभरका सम्पूर्ण निर्माण आयोजनाको काम ठप्प हुनेगरि गरिएको यस्तो अव्यवहारिक निर्णय सरकारले तत्काल फिर्ता गर्नुपर्ने उनले वताए । अर्थ र व्यापारसँग कुरा गर्दै व्यवसायी रेग्मीले भने, ‘जतिसक्दो छिटो सरकारले यो निर्णय फिर्ता गर्नुपर्छ, अबौं रुपैयाँ लगानी भएको क्रसर तथा खानी उद्योग व्यवसायी र मजदुरको पेटमा लात हान्ने काम गर्न हुँदैन ।’

गत २० पुस देखि सरकारले बन्द गरेको उद्योग बन्दप्रति आक्रोस व्यक्त गर्दै रेग्मीले भने, ‘अहिले व्यवसायीले आफ्नो उद्योग बन्द गरेर बस्नुपरेका कारण व्यवसायीले पुस मसान्तमा बुझाउनुपर्ने कर र बैंक व्याज तथा किस्ता तिर्न सकेका छैनन’ । २०७१ सालको असार मसान्तदेखि नविकरण नगरेर कुनै पनि क्रसर व्यवसायीले बैंकबाट आवश्यक ऋण समेत लिन नपाएको अवस्थाका कारण व्यवसायी अत्यन्त मारमा परेको उनले बताए ।
अहिले हचुवाको भरमा अबौं रुपैयाँको लगानी डुब्नेगरि सरकारले गरेको क्रसर उद्योग बन्दको निर्णयले हाल देशैभरका मजदुर तथा उनीहरुका घर परिवारलाई धेरै मर्का परेको उनको भनाई छ ।

अहिले धमाधम विकास निर्माणका काम हुने बेलामा यसरी सरकारले अकस्मात हचुवाको भरमा गरेको यस्तो निर्णयले मुलुकभरका सबै विकास पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजनाका काम ठप्प भएको उनले जानकारि दिए । यो हिँउदको समयमा यसरी विकास पूर्वाधारको मुख्य आधार बस्तु गिटी, बालुवाजन्य सामाग्रीमा लगाईएको रोकको निर्णयले ठुला विकासे आयोजनाको काम थप पछाडी धकेलीने दावी गर्दै उनले यसको घाटा सरकार र समग्र देशलाई नै हुने बताए ।

आफुहरुले सरकारलाई दोहोरो कर तिर्दा समेत यसरी देशको वास्तविक अवस्था भन्दा बाहिर हचुवाको भरमा सिंहदरबारमा बसेर गरिएको यस्तो निणर्यको प्रत्यक्ष असर आम मुलुकवासीलाई परेको उनको भनाई छ । आफ्नो उद्योग भएको धादिङको महादेवबेसी खोलामा मात्र २० हजार भन्दाबढी स्थानीय मजदुर क्रसर उद्योगमा आश्रित रहेको जानकारि गराउँदै उनले हाल बाहिर सुनिएको हल्लाजस्तो क्रसर व्यवसाय अव्यवस्थित नभएको दावी गरे ।

क्रसर उद्योग सञ्चालनका लागि विभिन्न निकायहरु नियमनकारी हुँदा हुँदैपनि यसरी व्यवसायीको पेटमा लात हान्नेगरि गरिएको यो अव्यवहारिक निणर्य तत्काल फिर्ता गर्न उनले सरकारलाई आह्वान गरे । सरकारको यो अव्यवहारिक निणर्यले अहिले निर्माणसँग जोडिएका, सिमेन्ट उद्योग, डण्डी उत्पादक उद्योग, टिपर तथा ढुवानीको क्षेत्र, इटा तथा सम्पूर्ण निर्माणजन्य कारोबार प्रभावित भएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।