logo

साना उद्योगको संरक्षणमा सरकार, ठूला आयोजनामा कालोधन भित्राउने व्यवस्था खारेज हुँदै

    869   पटक पढिएको

९ माघ/ अर्थ र व्यापार – साना उद्योगको संरक्षणमा जुटेको सरकारले ठूला आयोजनामा कालोधन भित्राउने व्यवस्था खारेज गर्ने भएको छ । नयाँ सरकार गठनसँगै ठूला आयोजनामा स्रोत नुलेको रकम (कालोधन) भित्राउने व्यवस्थालाई खारेज गर्ने तयारीमा जुटेको छ ।
तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयक मार्फत २०८० चैतसम्म पूर्वाधार क्षेत्रमा गरिएको लगानीको आयस्रोत नखोजिने व्यवस्था गरिएको थियो । तर, सो व्यवस्थाले मुलुकलाई नकारात्मक असर पारेको भन्दै नयाँ सरकारले यस्तो यवस्था खारेज गर्न लागेको हो ।
तत्कालिन समयमा अर्थमन्त्री शर्माले राष्ट्रिय महत्वका जलविद्युत् आयोजना, अन्तरराष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासम्बन्धी उद्योग, तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चापदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग खोल्दा लगानीको स्रोत नखोजिने व्यवस्था गरिएको थियो ।
यसअघि पनि यस्तो व्यवस्थाले देशलाई फाइदा नपुग्ने र विभिन्न अन्तराष्ट्रिय निकायले नेपललाई गलत नजरले हेर्ने भन्दै विरोध भएको थियो । यस्तै तत्कालिन समयमा नेपाल राष्ट्र बैंकले पनि स्रोत नखुलेको रकम विदेशी लगानीको नाममा उद्योग व्यवसायमा भित्राउन नदिने बताएको थियो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यस्तो व्यवस्थाले मुलुकलाई फाइदा नभएको बताए ।
यसअघि उल्लेख भएका कतिपय व्यवस्था अब्यवहारिक रहेको र त्यसलाई परिमार्जन गर्नुपर्ने उनको भनाई थियो । ‘देशमा गएको २०७२ सालको महाभुकम्प तथा नाकाबन्दीको समयमा भन्दा अहिले देश ठूलो संकटमा फसेको बताउँदै मन्त्री भण्डारीले भने, ‘पछिल्लो समय कतिपय ठूला उद्योगका नाममा साना उद्योग सकाउने काम भएको छ, अबका दिनमा सरकारले साना उद्योगलाई बढी संरक्षण दिनेछ ।’
साना उद्योग फस्टाएको खण्डमा मात्रै देश आर्थिक समृद्धितर्फ जाने भन्दै उनले अबका दिनमा सरकार सोही अनुरुप अघि बढ्ने बताए । पछिल्लो समय देशबाट ऊर्जावान युवाशक्ति ठूलो मात्रामा वैदेशिक रोजगारीमा विदेशिएको भन्दै उनले सरकारको अबको ध्यान उनीहरुलाई स्वदेशभित्रै रोजगारी दिनमा केन्द्रित हुने जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।