logo

दर्ता भएका उद्योग बन्द गर्नु कानुनविपरित : क्रसर व्यवसायी

    833   पटक पढिएको


८ माघ/अर्थ र व्यापार – क्रसर व्यवसायीले दर्ता भएका आफ्ना उद्योगका उत्पादन तथा बिक्री वितरण गृह मन्त्रालयले बन्द गराउनु कानुनविपरित भएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी गृह मन्त्रालयको कदमप्रति आफ्नो धारणा व्यक्त गर्दै यस्तो आपत्ति जनाएको हो ।

यसअघि सरकारले नै क्रसर उद्योग नवीकरण नगरेको, तर अहिले भने नवीकरण नभएका उद्योग बन्द गर्न गृह मन्त्रालयले परिपत्र गर्नु कानुन विपरित रहेको संघको आरोप छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दर्ता भई इजाजतपत्र लिई सञ्चालनमा रहेका क्रसर, बालुवा तथा खानी उद्योगहरु यथाशीघ्र नवीकरण गरियोस्, उद्योग स्थानान्तरणको सम्बन्धमा सरकारले तोकेको मापदण्ड कुनै पनि भूगोलमा व्यवहारिक नदेखिएकोकाले व्यवसायीको समेत प्रतिनिधित्व हुनेगरी अध्ययनका लागि समिति गठन गरियोस् ।’

सम्बन्धित निकायमा दर्ता नै नभएका तथा इजाजत नलिएका उद्योगहरुको उत्पादन भने बन्द गर्नुपर्नेमा संघले पनि जोड दिएको छ । बालुवा प्रशोधन गर्ने मात्रै उद्देश्य भएका उद्योगले ढुंगा, गिट्टी रोडा उत्पादन तथा क्रसिङ गरेमा त्यस्ता उद्योगहरु बन्द गर्न संघले माग नै गरेको छ ।
यसअघि गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई दर्ता तथा नवीकरण नभएका सबै क्रसर उद्योग बन्द गराउन परिपत्र गरेको थियो । सो परिपत्रपछि सबैजसो क्रसर उद्योग बन्द हुन पुगेका छन् । सबैजसो उद्योगहरुले इजाजत पत्र नवीकरण गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।