२९ पुस/अर्थ र व्यापार– चालु आर्थिक वर्ष २०७९/८० को वितेका पाँच महिना गत मंसिर मसान्तसम्ममा कुल ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स ( विप्रेषण आप्रवाह ) भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलब सून्य प्रतिशतको बढि हो ।
अघिल्लो वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ६ दशमलब ३ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार रेमिट्यान्स ३ अर्ब ७१ करोड डलर रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो रकम ६ दशमलब ८ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वितेका पाँच महिनामा खुद ट्रान्सफर २१.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ दशमलब ३ प्रतिशतले घटेको थियो ।
तपाईको प्रतिक्रिया