logo

भोलीदेखि काठमाडौमा ‘ज्वेलरी फेसन शो र एक्स्पो’ हुँदै, बलिउड अभिनेत्री मल्लैका अरोरा ¥याम्पमा उत्रने

    1006   पटक पढिएको


२७ पुस /अर्थ र व्यापार – नेपाल रत्न तथा आभुषण संघको आयोजनामा चौथो जेम एन्ड ज्वेलरी एक्स्पो हुने भएको छ । तीन दिनसम्म चल्ने सो एक्स्पो काठमाडौको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा हुँदै छ । संघका अनुसार भोली बिहीबार ज्वेलरी फेसन शो आयोजना हुँदैछ भने एक्स्पो आगामी शुक्रबारदेखि १ माघसम्म चल्ने छ ।
संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले ‘टकिङ नेपलिज ज्वेलरी ग्लोबली’ भन्ने मुख्य लक्ष्यका साथ यस्तो कार्यक्रम आयोजना गर्न लागेको बताइन् । उनले नेपालको गर–गहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पु¥याउन ज्वेलरी फेसन शो र एक्स्पोको आयोजना गर्न लागेको जानकारि गराइन ।
ज्वेलरी फेसन शो मा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले नेपाली पोशाक र गर गहनाका साथ ¥याम्पमा उत्रिने संघले जनाएको छ । आगामी बिहीबार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ गर्न लागेको संघले जनाएको छ ।
निःशुल्क रुपमा प्रवेश पाइने जेम एन्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रबार होटल याक एन्ड यतिमा १२ः ३० मा हुनेछ । एक्स्पो बिहान १० देखि साँझ ७ बजे सम्म सञ्चालन हुने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।