logo

उप्रधानमन्त्रीद्धय पौडेल र लामिछानेसँग महासंघ प्रतिनिधिको भेट, निर्माण उद्योगको समस्याबारे ध्यानाकर्षण

    971   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सोमबार उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलेसँग अलग अलग भेटी समग्र निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटमा उपप्रधानमन्त्रीद्धय पौडेल र लामिछानेले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि आफुहरुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन ।
महासंघ प्रतिनिधिमण्डलसँगको छलफलमा उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आधार भएकाले सरकारले यस क्षेत्रलाई विशेष प्राथमिक्तामा राखेर अघि बढ्ने बताए ।
निर्माण उद्योग सक्षम तथा सबल हुनुपर्ने भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीसँग यस उद्योगमा देखिएका समस्याबारे छलफल गर्न सरकार तयार रहेको बताए ।
तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न उनले निर्माण व्यवसायीलाई सुझाव दिए । यसैगरि, उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्माण उद्योगको समस्याबारे आफु जानकार रहेको बताउँदै निर्माण व्यवसायीका समस्याबारे अध्ययन गरी समाधान खोजिने जानकारी दिए ।
उप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले निर्माण व्यसायीलाई कसेर होइन उनीहरूसँग आपसी सहकार्य गरी अघि बढ्ने सोचमा सरकार रहेको प्रष्ट पारे । उनले जनचाहना अनुसार गुणस्तरीय निर्माण कार्यलाई प्राथमिकता दिन व्यवसायीलाई सुझाव दिए । उपप्रधानमन्त्रीद्धय समक्ष महासंघका अध्यक्ष रवि सिंहले हाल आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको बताए ।
सार्वजनिक खरिदका कानुन अनुसार निर्माण व्यवसायीले पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेशन रकम उपलब्ध गराउन पनि अध्यक्ष सिंहले आग्रह गरे । यसैगरि, उनले निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायी चर्को आर्थिक मारमा परेको जानकारि गराए । महासंघ अध्यक्ष सिंहले निर्माण आयोजनाको काम सम्पन्न गरिसक्दापनि धेरै व्यवसायीले समयमा भुक्तानी नपाएर व्यवसायी थप मारमा परेको गुनासो गरेका थिए ।
उपप्रधानमन्त्रीद्धयको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षा लगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।
सो भेटवार्तामा महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की, टेकबहादुर सेठी, बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), उपाध्यक्ष टोपबहादुर रायमाझी, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे,सहकोषाध्यक्ष सन्तोष शाह, कार्य समिति सदस्यहरू अशोककुमार केसी, दानबहादुर खड्का उज्वल गौतम, बालाजु श्रेष्ठ, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।