logo

व्यवसायीको माग पूरा गर्ने अर्थमन्त्रीको आश्वासन

    950   पटक पढिएको


१५ पुस/अर्थ र व्यापार – नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीका मागलाई छिटै सम्बोधन गर्ने आश्वासन दिएका छन् । आन्दोलनरत उद्योगी व्यवसायीसँग भएको भेटवार्ताका क्रममा अर्थमन्त्री पौडेलले व्यवसायीलाई यस्तो आश्वासन दिएका हुन् ।
बैंकको चर्को ब्याजको विरोधमा सडकमा उत्रिएका उद्योगी व्यवसायीलाई वार्ताका लागि काठमाडौं बोलाएर बुधबार मन्त्री पौडेलले यस्तो आश्वासन दिएका हुन ।
अर्थमन्त्रालयमा बुधबार भएको भेटवार्तामा मन्त्री पौडेलले निजी क्षेत्रका मागप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै यस विषयमा विज्ञ टोलीसँग चाँडै परामर्श गरेर माग सम्बोधन गर्ने आश्वासन दिएको वार्तामा सहभागी मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।
वर्तामा मोरङ व्यापार संघसहित उद्योग संगठन, नेपाल उद्योग परिसंघ, नेपालगञ्ज, भैरहवा, विरगञ्ज र काठमाडौं उद्योगा वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो ।
सो भेटमा मन्त्री पौडेलले विज्ञ टोलीसँग परामर्श गरेर बुधबार वार्तामा सहभागी पाँचवटै निजी क्षेत्रका प्रतिनिधिसँग पुनः बसेर मागलाई सम्बोधन गर्ने सहमति भएको रिजालले बताए । उनका अनुसार निजी क्षेत्रका मागप्रति अर्थमन्त्री सकरात्मक देखिए पनि आगामी २७ पुससम्म आश्वासन पूरा नगरे २८ गतेदेखि पुनः आन्दोलन गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका छन् ।
उद्योगी व्यवसायीहरू बैंकको ब्याजदर एकल अंकको हुनुपर्ने, चालु पुँजी निर्देशीका खारेज गर्नुपर्ने, स्वदेशी बजार प्रवद्धनका लागि करका दरमा परिमार्जन गर्नुपर्ने, संस्थागत व्याजदर २ प्रतिशत हुनुपर्ने र स्प्रेडदरलाई स्वतन्त्र विज्ञ टोलीको सुझावमा मनोवैज्ञानिक बनाइनु पर्ने लगायत मागसहित सडकमा उत्रिएका थिए ।
सो भेटवार्तामा मोरङ व्यापार संघ, उद्योग संगठन र उद्योग परिसंघसहित तीन दर्जनभन्दा बढी वस्तुगत संघसंस्थाका प्रतिनिधिले चर्को ब्याजदरको विरोधमा बिहीबारदेखि यहाँको राष्ट्र बैंकमा धर्ना दिँदै आएका थिए । मन्त्रीले वार्ताका लागि बोलाएपछि उनीहरु मंगलबार आन्दोलन स्थगित गरेर काठमाडौं पुगेका थिए । व्यवसायीसँगको सो भेटपछि अर्थमन्त्री पौडेलले अब सरकारले निजी क्षेत्रसँग सहकार्य गरि अघि बढ्ने बताएको व्यवसायीले जानकारि गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।